२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

काठ दाउरा आपूर्ती गर्ने शर्तमा खुल्यो डिभिजन वन कार्यालय रौतहटको तालबन्दी

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ चैत ९ गते २१:४८
Shares
काठ दाउरा आपूर्ती गर्ने शर्तमा खुल्यो डिभिजन वन कार्यालय रौतहटको तालबन्दी

रौतहट : काठ दाउरा समयमा आपूर्ती गर्ने शर्तमा डिभिजन वन कार्यालयमा लगाइएको तालाबन्दी खोलिएको छ । सेवाग्राहीलाई कठिनाइ, असहजता र काठ दाउरा समयमा पूर्ती गर्न नसकेको भन्दै शुक्रबार दिउँसो जिल्ला वन पैदावार आपूर्ती समिति र सेवाग्राहीद्धारा तालाबन्दी गरिएको थियो ।

ncell

समितिको तर्फबाट विकास कुमार यादवको नेतृत्वमा गएको समूहले वन कार्यालयमा तालाबन्दी गरेका थिए । चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालयले हालसम्म उपभोक्ता काठ दाउरा उपलब्ध गराउन आपूर्ती खोलेकै थिएन् । जसकारण उपभोक्ताहरु काठ पाउनबाट बञ्चित छन् ।

डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहले आपूर्ती नखुलाएर दिनहुँ काठ गायब गर्न थालेको आरोपहरु लाग्दै आएको छ । कमिसन पाउने लोभमा लिलामी प्रक्रियाबाट काठहरु बिक्री गर्ने गरेको चुरे तथा वन जंगल संरक्षण अभियान नेपालका अभियन्ता नन्दकिशोर राम आरोप लगाएका छन् ।

शुक्रबार तालाबन्दी गर्ने पक्षले लिलामी लगायतका कार्यहरुमा आपूर्ती समितिलाई वेवास्ता गरेको,कटान, मुछान काठदाउरा लिलामी लगायतको कार्यहरुमा आपूर्ती समितिसँग समन्वय नगरी काठ दाउरा बिक्री वितरण गरेको, सेवाग्राहीलाई काठदाउरा समयमा उपलब्ध नगराएको आरोप लगाएका थिए ।

त्यस्तै आपूर्ती समितिले पाउनुपर्ने नियमानुसारको काठ दाउरा समयमा उपलब्ध नगराएको,राम्रा राम्रा काठ दाउराहरु सबै लिलामी गरेको र आपूर्तीद्धारा सेवाग्राहीलाइ दिनुपर्ने काठहरु कमसल र नराम्रा काठहरु छोडेको, आपूर्तीको वार्षिक कार्ययोजना अनुसार गर्नुपर्ने योजनाहरुको कार्यान्वयनमा वेवास्ता गरेको उनीहरुको आरोप थियो ।

त्यसैगरी वन कार्यालय अन्तर्गतका योजनाहरु कार्यान्वयनको प्रक्रियामा डिभिजनल अधिकृत साहले ढिलाइ गरेको भन्दै समितिका मान्छेहरु र उपभोक्ताहरु आक्रोशित बनेका थिए । समितिका नेतृत्वकर्ता यादवले दिएको जानकारी अनुसार डिभिजन वन कार्यालयले आफूहरुको माग सम्बोधन गर्ने भएपछि तालाबन्दी खोलिएको हो ।
 

सम्बन्धित खबर