२०८१ चैत १८ गते सोमवार / Mar 31 , 2025 , Monday
२०८१ चैत १८ गते सोमवार
Ads

अभिमुखीकरण तालिममा क्लष्टरको समस्या 

draupadi film
मध्यान्ह
२०८१ चैत १० गते ०८:०२
अभिमुखीकरण तालिममा क्लष्टरको समस्या 

काठमाडौं : वैदेशिक रोजगारमा जाने कामदारलाई श्रम स्वीकृति अघि अनिवार्य रूपमा दिँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिममा कार्यविधि संशोधन पछि पनि समस्या देखिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जानु अघिको तालिमलाई व्यवस्थित र प्रभावकारी बनाउन देशगत तालिमको व्यवस्था गर्दै तालिम कार्यविधि–२०७६ मा दोस्रो संशोधन गरेकोे छ ।

गत माघमा देशगत समूह (कलष्टर) छान्न सार्वजनिक सूचना जारी गर्दा १४३ वटा तालिम प्रदायक संस्थाले तोकिए अनुसारको पूर्वाधार निर्माण गरी देशगत कलष्टर रोजेका थिए । हाल उनीहरूले  छुट्याइएको कलष्टर अनुसारको देशको मापदण्डअनुसार तालिम दिदै आएका छन् । 

जसअनुसार हाल गल्फ कोअर्डिनेशन काउन्सिल (जीसीसी) अन्तर्गतको खाडी मुलुकका लागि १०२ वटा, यूरोप समूहका लागि २४ वटा, जापान–कोरिया समूहका लागि ९ वटा, मलेसियाका लागि ६ वटा, जीसीसी बाहेकका लागि २ वटा र इजरायलका लागि सरकारी तालिम केन्द्र छुट्याएको छ । 

तर, उक्त कलष्टर कार्यान्वयन गर्ने सन्दर्भमा कलष्टर असन्तुलित भएको कारणले वैदेशिक रोजगारमा माल्दिव्स, श्रीलंका लगायतका देशमा वैदेशिक रोजगारीमा जान चाहने कामदारको समूह स्पष्ट नभएको ती देशमा वैदेशिक रोजगारीमा जानेहरू तालिम केन्द्र खोज्दै भौतारिनु परेको नेपाल अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले बताए । 

उनका अनुसार कार्यविधिको अनुसूची १.१ मा अनुसार दरखास्त आह्वान गर्दा इजरायलका लागि सरकार आफैंले प्रशिक्षण गरेको हुनाले कुनै पनि संस्थाले आवेदन गरेनन् । जिसिजी बाहेकको देशगत समुहमा रहेका एसियाका अन्य देशहरू सबै यूरोप समूह बनाई उतै प्रशिक्षण गर्ने वातावरण भएको भन्दै २ ओटा मात्र संस्थाले आवेदन गरे ।  जिसीसी बाहेक भनेर जोर्डन मात्रै राखिएको छ ।  माल्द्विव्स, श्रीलंका लगायतका धेरै देश जाने कामदारलाई सम्बोधन नगर्दा उनीहरूलाई सेवा लिन असहज समस्या भएको छ । उनीहरूलाई सहज बनोस् भन्ने उदेश्यले पुनर्विचार गरी ती मुलुकलाई जिसीसी  बाहेक अन्य समुहमा राख्दा उपयुक्त हुने सुझाव पनि विभागलाई दिएको अध्यक्ष गौतमले जानकारी दिए । 

वैदेशिक रोजगार विभाग समक्ष पटकपटक अनुरोध गरेको तर समयमा समस्याको समाधान नहुँदा कामदारलाई अन्योल सिर्जना भएको समेत उनको भनाइ छ । यसअघि युरोपको साइप्रस र टर्की मध्य एसिया समूहमा समावेश गरिएको थियोे भने यूरोप समूहमा अमेरिका क्यानाडा आदि र छुटेका अफ्रिकी तथा पश्चिमा देशलाई  देशगत समूह बनाएर प्रशिक्षण दिइदैँ आएको थियो । कार्यविधि २०७६ को दोस्रो संशोधन कार्यान्वयन हुने क्रममा देशगत समूह फरक पारिएको हो । 

तालिम केन्द्रको विभाजनमा असन्तुलन देखिनुको मुख्य कारण हाल मलेसियाको काम रोकिएको, जीसीसी बाहेक मुलुक भनेर जोर्डन मात्र रहेकोले त्यस कलष्टरमा श्रीलंका र माल्दिव्सको हकमा कामदारको चाप अनुसार विभाजन नभएको कतिपयको भनाइ छ । जुन देश वैदेशिक रोजगारीमा जाने हो, त्यही देशको वातावरणमा प्रशिक्षण गर्न पाउने तथा सम्बन्धित देशमा गएर फर्किएको प्रशिक्षकबाट प्रशिक्षण गर्दा आवश्यक सबै जानकारी पाउने हुँदा समग्रमा देशगत कलष्टरले सकारात्मक परिणाम दिन थालेपनि केही देशको अन्योलले कामदारलाई समस्या सिर्जना गरेको पनि अध्यक्ष गौतम बताउँछन् ।

ADV

सम्बन्धित खबर

Advertise