२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

कोरियासँग कामदारको कोटा बढाइदिन आग्रह

Nada
२०८२ असोज २८ गते ०६:१५
Shares
कोरियासँग कामदारको कोटा बढाइदिन आग्रह

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङसँग रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा बढाउन आग्रह गरेका छन् ।

ncell

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सोमबार भएको भेटमा राजदूत पार्कले कोरिया जानुपूर्व सीप विकास तालिम र फर्किएपछि त्यहाँ हासिल सीपलाई स्वदेशमा प्रयोग गरी उद्यमशीलतामार्फत रोजगारी सिर्जनाका लागि सहयोग गर्न पनि राजदूत पार्कसँग आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा रहेकोे छ । विभागीय मन्त्रीको अभावमा श्रम तथा आप्रवासनसँग जोडिएका महत्वपूर्ण विषयमात्र प्रधानमन्त्रीसमक्ष पेस हुने गरेका छन् । 

विगत एक महिनादेखि प्रमुख श्रम गन्तव्य युएई जाने कामदारको भिसा रोकिएको छ । तर विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार व्यवसायीले त्यस विषयमा सरकारसँग छलफल गर्न नपाएको बताएका छन् ।

श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले मन्त्रीस्तरीय निर्णयबाट गर्नुपर्ने कामका लागि  प्रधानमन्त्री कार्यालयमा नै फाइल पठाउने गरिएको बताएका छन् ।

सम्बन्धित खबर