२०८२ कार्तिक १० गते सोमवार / Oct 27 , 2025 , Monday
२०८२ कार्तिक १० गते सोमवार
Ads

छोराको हत्या अभियोगमा बुवा पक्राउ

shivam cement
मध्यान्ह
२०८२ कार्तिक १० गते १८:१५
छोराको हत्या अभियोगमा बुवा पक्राउ

पाँचथरः आफ्नै छोरा १७ वर्षीय सफल लिम्बुको हत्या गरेको अभियोगमा मिक्लाजुङ गाउँपालिका–८ भदौरे बस्ने ५२ वर्षीय बखत सिंह लिम्बुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घर नजिकै बारी बखतले भरूवा बन्दुकले प्रहार गर्दा सफलको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दुर्दिम्बाबाट खटिएको प्रहरीले उनलाई भरूवा बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADV

सम्बन्धित खबर

Advertise