२०८२ कार्तिक १० गते सोमवार / Oct 27 , 2025 , Monday
२०८२ कार्तिक १० गते सोमवार
Ads

नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढीको व्यापार घाटा

shivam cement
मध्यान्ह
२०८२ कार्तिक १० गते १५:००
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढीको व्यापार घाटा

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारत र चीनसँग मात्रै ३ खर्ब बढीको व्यापार घाटा व्यहोर्नुपरेको छ । निर्यातभन्दा आयात चुलिँदा नेपालले छिमेकी दुई देशसँग ३ खर्ब ४ अर्ब ४५ करोडको व्यापारघाटा व्यहोरेको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन–असोज) सम्ममा भारतबाट नेपालले २ खर्ब ५८ अर्ब ८७ करोडको वस्तु आयात गरेको छ । यो अवधिमा ५९ अर्ब १२ करोडको मात्रै वस्तु निकासी गरेको छ । जसबाट पहिलो त्रैमासमा भारतसँग मात्रै नेपालले १ खर्ब ९९ अर्ब ७४ करोडको व्यापार घाटा व्यहोर्नुपरेको छ । 

त्यस्तै, उत्तरी छिमेकी देश चीनसँग नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) सम्ममा १ खर्ब ४८ अर्ब ९४ करोडको वस्तु आयात गरेको छ भने निर्यात भने १८ करोड ६४ लाखको मात्रै गरेको छ । जसबाट नेपालले १ खर्ब ४ अर्ब भन्दा बढीको व्यापार घाटा व्यहोरेको छ । 

भारतपछि सबैभन्दा बढी व्यापारघाटा रहेको मुलुकमा चीन पर्ने गरेको छ । त्यस्तै, नेपालले अफगानीस्तान, अर्जेनटिना, अस्टे«लिया, बंगलादेशदेखि अमेरिकी मुलुकसँग पनि ठूलो व्यापारघाटा व्यहोरेको छ । 

नेपालले १ सय ४० देशसँग वैदेशिक व्यापार गर्दै आएकोमा साइप्रस, बहामासलगायतका केही देशहरुसँग वैदेशिक व्यापार नाफामा गर्दै आएको विभागको तथ्यांकले देखाउँछ ।

ADV

सम्बन्धित खबर

Advertise