२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

केही एनआरएनएका गलत धन्दा

shivam cement
२०८२ असोज २६ गते ०६:४५
केही एनआरएनएका गलत धन्दा

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारमा रहेका नेपालीहरूको सुरक्षा र हितका लागि संघ प्रभावकारी भएको दाबी गरिरहँदा वैदेशिक रोजगारमा रहेका कामदारहरूले भने फरक प्रतिक्रिया दिएका छन् ।

उनीहरूले श्रम गन्तव्य मुलुकमा ट्राभल्स एजेन्सी सञ्चालन गरेका केही गैरआवासीय नेपालीहरूले हवाई टिकट, श्रम नवीकरण र नयाँ रोजगारी खोजी दिने भन्दै शोषण गरेको गुनासो गरेका छन् ।

मलेसियामा गैरआवासीय नेपाली अगुवाहरूले सञ्चालन गरेका ट्राभल्सहरूले नेपाल फर्किने टिकटका लागि १४ सय रिँगेट, ओभरस्टे भएर स्वदेश फर्किने कामदारले अध्यागमनमा ५ सय २० रिँगेट तिर्नुपर्ने भएपनि नेपाली राजदूतावासबाट दिइने ट्राभल डकुमेन्ट र जरिमानाका लागि भन्दै ९ सय रिँगेट उठाउने गरेकोे गुनासो छ ।

यस्तै अवस्था युएईमा पनि रहेकोे नेपाली कामदारको गुनासो छ । यस्तो ठगीमा नेपाली राजदूतावासमा बाक्लो रूपमा आवतजावत गर्ने पहुँचवाला एनआरएनहरूको प्रत्यक्ष–अप्रत्यक्ष संलग्नता रहेकोे बताइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise