
काठमाडौं : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको नियमित महाधिवेशन हुने बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाल तरुण दलको ७३औं स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले सो कुरा स्पष्ट पारेका हुन् । पार्टी महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरिरहेको उल्लेख गर्दै उनले नियमित महाधिवेशनमार्फत नै सो समस्याको समाधान हुने तर्क समेत गरे ।
कार्यवाहक सभापति खड्काले पार्टीको केन्द्रीय कार्यसमिति बैठकले मुलुकलाई निकास दिनेगरी पार्टीको विधानअनुसार सबै निर्णयहरु लिने दाबी समेत गरे । पार्टीभित्रको एकतामा जोड दिँदै कार्यवाहक सभापति खड्काले कांग्रेसले विगतमा जस्तै मुलुकलाई अघि बढाउन मियोको रुपमा भूमिका खेल्ने गरी आवश्यक निर्णय लिने पनि बताए ।
कार्यवाहक सभापति खड्काले मुलुकलाई संकटबाट जोगाउन सबै राजनीतिक दल,नागरिक समाज, सञ्चार क्षेत्र एक ठाउँमा उभिनुपर्ने बेला आएको समेत बताए ।