२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

प्रगतिशील मञ्चको ईफ्तर साँझ 

Nada
२०८१ चैत १० गते ०८:१८
Shares
प्रगतिशील मञ्चको ईफ्तर साँझ 

काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले आपसी एकता र भाईचारा सम्बन्ध विस्तारका लागि ईफ्तर साँझ आयोजना गरेको छ ।

ncell

प्रतिनिधि सभाको उद्योग बाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति अब्दुल खानको प्रमुख आतिथ्यता र प्रतिनिधि सभा सदस्य तथा नेपाल मुस्लिम ईत्तेहाद संगठनका अध्यक्ष सिराज अहमद फारूकीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा आपसी एकता र सद्भाव सहित वैदेशिक रोजगारका क्षेत्रमा रहेका समस्या र ती समस्या समाधानका लागि सभापति खान तथा सांसद फारूकीले संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल भएको अध्यक्ष जनक रावलले जानकारी दिए । 

कार्यक्रममा संगठका पूर्वअध्यक्ष एवम् नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी)का केन्द्रीय सदस्य ताज मोहम्मद मियाँ, मञ्चका पूर्वअध्यक्ष नरेश गेलाल, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष सञ्जु गुरूङ, कार्यसमिति सदस्य वैकुण्ठ पौडेल बैभव, मञ्चकी सचिव धनु सिञ्जाली, तराई मधेश वैदेशिक रोजगार व्यवसायी समाजका उपाध्यक्ष अख्तर हुसेन, वैदेशिक रोजगार व्यवसायी एकीकृत संगठनका सचिव अनिल बोगटी लगायत मुस्लिम धर्मावलम्बी व्यवसायीहरूको जमघट रहेकोे पनि अध्यक्ष रावलले जानकारी दिए ।  

रोजा व्रत राख्ने मुस्लिम धर्मावलम्बीले बिहान तोकिएको समयभित्र सेहरी र साँझ तोकिएको समयमा इफ्तार गर्छ । बिहान सेहरीपछि साँझ इफ्तार नहुन्जेलसम्म बीचको अवधि भर पानी पनि नखाएर एक महिनाको रोजा पूरा गर्छन् ।

सम्बन्धित खबर