२०८२ असार २४ गते मङ्गलवार / Jul 08 , 2025 , Tuesday
२०८२ असार २४ गते मङ्गलवार
Ads

वैदेशिक रोजगारीमा जाने बढ्दा जीवन बीमामा टेवा 

shivam cement
मध्यान्ह
२०८१ चैत १४ गते ०७:०९
वैदेशिक रोजगारीमा जाने बढ्दा जीवन बीमामा टेवा 

काठमाडौं : वैदेशिक रोजगारमा जाने कामदारको संख्यामा भएको बृद्विले जीवन बिमा कम्पनीको व्यापारमा ठूलो टेवा पुगको छ। चालु आर्थिक वर्षको ८ महिना अर्थात्  फागुन मसान्तसम्ममा उनीहरूले वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई सवा २ अर्ब रुपैयाँ भन्दा बढीको बिमालेख बिक्री गरेका छन् । 

नेपाल बीमा प्राधिकरणका अनुसार वैदेशिक रोजगारमा जाने कामदारलाई ११ वटा जीवन बीमा र ३ वटा लघु जीवन बीमा कम्पनीले म्यादी बिमा गराउने गरेका छन् । जसबाट उनीहरूले  २ अर्ब २८ करोड १३ लाख रुपैयाँ बिमा क्षेत्रमा भित्र्याएका छन्।

वैदेशिक रोजगार बीमा व्यवसायमा सन नेपाल लाइफ एक्लैको हिस्सा ३९.०१ प्रतिशत रहेकोे छ भने एसियन लाइफ, नेपाल लाइफ, आइएमई लाइफ, सानिमा रिलायन्स लाइफले, रिलायबल नेपाल लाइफ, सूर्यज्योति लाइफ, सिटिजन लाइफ, प्रभु महालक्ष्मी लाइफ र हिमालयन लाइफ सम्लग्न रहेका छन्।

लिबर्टी माइक्रो लाइफ,भरखरै आईपीओ जारी गरेका गार्डियन माइक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफले पनि वैदेशिक रोजगारमा जाने कामदारको म्यादी बिमालेख बिक्री गरिरहेका छन् ।अत्यन्तै न्यून जोखिम र उच्च नाफा हुने वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवन बीमालेख विक्रीको निजी क्षेत्रका जीवन बिमा कम्पनी बीचविगतमा  प्रतिष्ठा प्रतिश्पर्धाको बिषय बनेको छ।

वैदेशिक रोजगारामा जाने १६ देखि ६० वर्ष उमेर समुहका कामदारले १ देखि ५ वर्षसम्मको म्यादी बीमा गर्नुपर्ने व्यवस्था छ। कामदारको स्वास्थ्य बीमातर्फ विगतको सुरक्षा तथा सुविधालाई विस्तार गरी जीवन बीमा, आयको नोक्सानी लगायतका सुविधाहरुका अतिरिक्त मृगौला फेल, क्यान्सर जस्ता बिभिन्न १५ प्रकारका घातक रोग  बापत थप ५ लाख बीमाङ्क बराबरको बीमा हुुने नयाँ व्यवस्था गरिएको छ ।

यो व्यवस्थापछि कामदारले सम्बन्धित बीमा कम्पनीबाट २० लाखसम्म बीमा रकम पाउन सक्ने व्यवस्था  छ । यो व्यवस्था २०७३ माघ १५ गतेबाट लागू भएको हो । तर यसरी सुविधा पाउनेको संख्या विमा गर्नेको तुलनामा थोरै भएका कारणले बिमक कम्पनीलाई आकर्षक लाभ रहेको बताइएको छ।

देश र कामदारको उमेर अनुसार म्यादी बीमाको शुल्क रकम फरकफरक छ । वैदेशिक रोजगारीमा साउदी अरेबिया, कतार र युएई सहित खाडीका देश र मलेसिया जाने कामदारहरूले १ हजार ५ सयदेखि ४ हजारसम्म र कोरिया र इराजरायल जाने कामदारले २ हजार ५ सयको विमा गर्नुपर्ने व्यवस्था  छ ।

ठूलो संख्यामा  खाडी मुलुक  र मलेसिया जाने कामदारको श्रम स्वीकृति २ वर्षको हुने भएपनि म्यादी बीमा श्रम स्वीकृति भन्दा १ वर्षभन्दा बढी अवधिको प्रिमियम तिरेर बिमा गराउँदै आएका छन् । 

तीन बर्ष अवधिको म्यादी विमा गर्दा कामदारको हितहुने भन्दै  प्रिमियम रकम बढाईपनि त्यसको प्रत्यक्ष लाभ भने बिमा कम्पनीले पाएको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् । 

जीवन बिमा कम्पनीहरूले गतबर्ष ७ लाख ४१ हजार २ सय ९७ वटा बिमालेख विक्री गरेका थिए । एक महिनामा मात्रै बिमा कम्पनीहरूले ७० हजारभन्दा धेरै वैदेशिक रोजगार बीमालेख बिक्री गर्नेगरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise