२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

फेमिस एनआइडीमा जोडियो

Nada
२०८२ कार्तिक १४ गते ०६:२५
Shares
फेमिस एनआइडीमा जोडियो

काठमाडौं : वैदेशिक रोजगार विभागले सञ्चालन गरेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआइडी)मा जोडिएको छ ।

ncell

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त जानकारी दिएका हुन् । फेमिस एनआइडीमा जोडिएपछि उक्त प्रणालीमा विगतमा भएको जस्तो दुरुपयोग अब नहुने बताइएको छ ।

यससँगै एनआइडीमा वैदेशिक रोजगारसम्बन्धी सेवासहित अदालतका मुद्दा व्यवस्थापनसम्बन्धी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति सेवासम्बन्धी, स्थानीय तहको पञ्जीकरण, राहत तथा विपद् व्यवस्थापनसम्बन्धी, अध्यागमन सेवासम्बन्धी, नागरिकता, बन्दीको पहिचान, प्रमाणीकरण तथा बन्दीहरूको विवरण र सामाजिक सुरक्षाका विषय पनि जोडिएका छन् ।

सम्बन्धित खबर