२०८२ असार २५ गते बुधवार / Jul 09 , 2025 , Wednesday
२०८२ असार २५ गते बुधवार
Ads

जापानको रोजगारीमा गैरव्यवसायीको चलखेल

shivam cement
मध्यान्ह
२०८१ चैत १५ गते ०७:०७
जापानको रोजगारीमा गैरव्यवसायीको चलखेल

काठमाडौं : जापानको रोजगारीमा गैरव्यवसायीको चलखेल सुरु भएको छ । वैदेशिक रोजगार व्यवसाय गर्ने इजाजत र श्रम मन्त्रालयबाट कुनै अनुमति नलिएका गोपाल योञ्जन भन्ने व्यक्तिले ‘स्पेसिफाइड स्किल वर्कर’ (एसएसडब्लू) प्रणालीअन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने भन्दै करिब २ दर्जन व्यवसायीलाई तालिमका नाममा जापान पु¥याएको बताइएको छ । 

श्रम, रोनगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई संलग्न नगराएको मात्र नभई कुनै जानकारीसमेत नदिइएको उक्त कार्यक्रममा टोकयोस्थित नेपाली राजदूत दुर्गाबहादुर सुवेदीलाई प्रमुख अतिथि बनाएर कार्यक्रमलाई वैधानिक आवरण दिने प्रयास गरिएको समाचार स्रोतले बताएको छ ।

वैदेशिक रोनगार ऐन, २०६४ ले इजाजतबिना कसैले पनि वैदेशिक रोजगारमा कामदार पठाउन नहुने र पठाए ऐनको दफा ४३ अनुसारको कारबाही गरिने उल्लेख छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले राजदूतावास, मन्त्रालय, विभाग वा संघले मात्र वैदेशिक रोजगार व्यवसाय सम्बन्धमा विदेशमा तालिम वा रोजगार मेला संचालन गर्न पाउने बताए ।

उनले स्पेसिफाइड स्किल वर्कर (एसएसडब्लू) प्रणालीअन्तर्गत तालिम संचालन सम्बन्धमा अनधिकृत व्यक्तिले तालिम वा रोजगार मेलाका नाममा जथाभावी गर्ने र राजदूतलाई दुरुपयोग गर्ने कामले जापानमा दक्ष कामदार पठाउने समझदारीमा नै नकारात्मक असर पर्ने भएकाले राजदूतावास र राजदूत सचेत हुनुपर्ने टिप्पणी गरे । ‘बिचौलिया हावी हुने यो चलखेलबारे राजदूतको धारणा स्पष्ट आउनुपर्छ’, उनले भने ।

कतिपय व्यवसायीले नेपालबाट लगिएका म्यानपावर कम्पनी संचालकहरूसँग होटल खर्चको नाममा ठूलो रकम उठाएर शोषण गरिएको समेत बताएका छन् । जापानले दक्ष विदेशी कामदार भित्र्याउन सन् २०१९ देखि विभिन्न मुलुकसँग श्रम सम्झौता गरी एसएसडब्लू प्रणाली अपनाएको छ । सोही वर्ष नेपाल र जापानबीच ‘स्पेसिफाइड स्किल वर्कर’ (एसएसडब्लू) प्रणालीअन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्नेगरी श्रम समझदारी भएको थियो ।

सो प्रणालीअन्तर्गत जापानका १४ वटा विभिन्न पेसागत क्षेत्रमा नेपालीले रोजगारी पाउने जनाइएको छ । तर, संस्थागत रूपमा पठाउने व्यवस्था नहुँदा शैक्षिक कन्सल्टेन्सी, केही गैरआवासीय नेपाली र विभिन्न आवरणमा काम गर्ने गिरोहले लाभ उठाएका बताइएको छ । फिलिपिन्स, थाइल्यान्ड जस्ता मुलुकले ३० हजार कामदार पठाउँदा नेपाल २ हजारमा सीमित छ ।  

जापानमा औद्योगिक मेसिन उत्पादन उद्योग, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स उद्योग, नर्सिङ तथा स्याहार, भवन सरसफाइ र व्यवस्थापन, कच्चा माल उत्पादन उद्योगदेखि  कृषि, मत्स्य पालन तथा अक्वाकल्चर, खाना तथा पेय पदार्थ उत्पादन, खाद्य सेवासहित निर्माण, पानीजहाज निर्माण तथा मेसिनरी उद्योग, अटोमोबाइल मर्मत सम्भार, उड्डयन, होटलसम्बन्धी उद्योगमा विदेशी कामदारको माग रहेको बताइएको छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise