क्वालालम्पुर : मलेसियाली मुस्लिम रेस्टुरेन्ट मालिक संघ (प्रेस्मा)ले उद्योगमा निरन्तर बढेको श्रम अभावलाई सम्बोधन गर्न १५ हजार विदेशी कामदार भर्नाका लागि तत्कालै अनुमति दिन सरकारलाई अपिल गरेको छ ।
प्रेस्माका अध्यक्ष जवाहर अली तैयब खानले व्यवसाय निरन्तरताको सुनिश्चित गर्न मुस्लिम रेष्टुरेन्ट उद्योगलाई कम्तीमा १५ हजार विदेशी कामदार चाहिएको बताए । मलेसियाका गृहमन्त्री सैफुद्दीन नासुशन इस्माइलले अर्को सूचना नभएसम्म विदेशी कामदार कोटा आवेदनहरूमा रोक यथावत् रहने बताएका छन् ।