२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

व्यवसायिक फर्महरु नवीकरण हुन नसक्दा राजश्व संकलनमा कठिनाइ

Nada
सूर्यप्रसाद भुसाल
२०८१ चैत १५ गते २१:१८
Shares
व्यवसायिक फर्महरु नवीकरण हुन नसक्दा राजश्व संकलनमा कठिनाइ

अर्घाखाँची : जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा राजश्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न भएको छ । बैठकमा समितिका अध्यक्ष तथा प्रजिअ बाबुराम अर्यालले व्यवसायीहरुलाई कसरी करको दायरामा ल्याउने, बजार अनुगमनको अवस्था, स्थानीय साधन स्रोतको उपयोग र विकास निर्माणको ठेक्का लगाउँदा स्थानीय साधन स्रोतको प्रयोग लगायतका एजेण्डाहरुमा छलफल भएको बताए । 

ncell

उद्योग अधिकृत दुर्गा न्यौपानेले व्यवसायीहरुका लागि राज्यले पछिल्लो समयमा लिएको नीति र केही व्यवसायीक फर्महरु समयमा नवीकरण हुन नसक्दा लक्ष्यअनुसारको राजश्व हासिल गर्न कठिनाइ भएको बताए ।

कर अधिकृत स्वागत थापाले कर शिक्षालाई व्यापक रुपमा जनचेतना फैलाउन आवश्यक रहेको भन्दै सामान खरिद गर्दा विजक लिने र दिने पद्धतीको विकाश प्रत्येक घरबाट सुरु भएमा राजश्व चुहावटमा केहीसम्म न्यूनीकरण हुने बताए  ।

ईश्वरी बक्स गुल्मका सेनानी प्रविण जंग थापा, प्रमुख अनुसन्धान अधिकृत ईश्वरी आचार्य, प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेल, सशस्त्र प्रहरी बल नेपाल नं.३६ का सहायक प्रहरी निरीक्षक सन्तोष थापा, बरिष्ठ वन अधिकृत गणेश चौधरी, अर्घाखाँची व्यापार संघका अध्यक्ष योगेन्द्र खड्का, चेम्वर अफ कमर्शका अध्यक्ष रामकुमार क्षेष्ठ लगायतको उपस्थिति रहेको सो बैठकलाई प्रमुख कोष नियन्त्रक विष्णुप्रसाद भुसालले सहजीकरण गरेका थिए  । 

ताजा खबर

सम्बन्धित खबर