२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

पत्रकार महासंघ लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण पत्र

Nada
सूर्यप्रसाद भुसाल
२०८१ चैत १८ गते २१:१५
Shares
पत्रकार महासंघ लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण पत्र

अर्घाखाँची : नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका १२ जिल्ला शाखाबाट सरकारलाई  ध्यानाकर्षण पत्र पठाइएको छ । 

ncell

राजावादी समूहको प्रदर्शनका क्रममा सञ्चारकर्मी तथा सञ्चारगृहमा भएको आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्‍याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचार गर्न महासंघले लुम्बिनी प्रदेशका १२ जिल्लाबाट  जिल्ला प्रशासन कार्यालयमार्फत  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ज्ञापन पत्र पठाएको हो । 

पत्रकार महासंघ अर्घाखाँचीले पनि  शाखाका अध्यक्ष गणेश खनाल, प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य, प्रदेश सदस्य हिम जि.सि लेकाली, पूर्व अध्यक्ष शोभाखर पन्थी, जिल्ला उपाध्यक्ष रुद्रमणि भुसाल, सचिव लक्ष्मण घिमिरे, केन्द्रीय परिषद् सदस्य मुक्तिनाथ भुसालसहित पदाधिकारी,  पत्रकारको टिमले अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई ज्ञापनपत्र बुझाएको हो । 

यस्तै गुल्मी, पाल्पा, कपिलवस्तु, प्यूठान, रुपन्देही, नवलपरासी लगायत लुम्बिनी प्रदेशका १२ जिल्लाका पत्रकार महासंघ शाखाहरुले प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएका पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष शुक्रऋषी चौलागाईंले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर