२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

सुल्झिएन २ नगरपालिकाबीचको विवाद

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ चैत १९ गते २१:१४
सुल्झिएन २ नगरपालिकाबीचको विवाद

अर्घाखाँची : कपिलवस्तुको शिवराज नगरपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाबीचको सीमा तथा नदीजन्य पदार्थको निकासी समस्याका विषयमा मुख्यमन्त्री चेतनारायण आचार्यले चासो देखाएका छन् । अर्घाखाँचीको सुकबेल खोलाको नदीजन्य पदार्थ निकासीमा विवाद देखिएपछि दुई नगरबीच अहिले नदीजन्य पदार्थ निकासीमा आपसी टकराव पैदा भएको छ ।

विवाद समाधानका निम्ती शितगंगा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेलको पहलमा केही समय पहिलादेखि २ जिल्लाका समन्वय प्रमुखहरु नगरप्रमुखहरु, नगरपालिकाका, प्रमुख प्रशासकीय अधिकृत, समन्वय अधिकारी  तथा सुरक्षा निक(ायका प्रमुख, डिभिजन वन प्रमुख र वडाध्यक्षसहित सुकवेल खोलाको सीमा तथा नदीजन्य पदार्थको निकासीसम्बन्धी विवादको समाधान गर्न छलफल भएको थियो । तर उक्त छलफल निष्कर्षमा पुग्न नसकेपछि विवाद झनै उत्कर्षमा  पुगेको शितगंगा  नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष नबराज भुसालले बताए । शिवराज नगरपालिकाका प्रमुख अजय थापाले वन कार्यालयहरुले  सीमाना स्पष्ट नगरेको कारण समस्या बल्झिएको बताए । 

शितगंगा नगरपालिका अर्घाखाँचीका प्रमुख छविलाल पौडेलले सुकवेल खोला अर्घाखाँचीको भएकोले नगरपालिकाले नियम अनुसार नदीजन्य  पदार्थको ठेक्काको  लगाएको भएपनि अनावश्यक कपिलवस्तुले दुःख दिएको गुनासो गरे  । 

दुई पालिकाको बीचमा देखिएको समस्या समाधानका लागि उच्चस्तरीय बैठक तथा छलफल समेत शिवराज नगरपालिका चन्द्रौटामा दुई पटक  गरिएको थियो  । दुवै जिल्लाका जनप्रतिनिधिहरुले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष आफ्ना समस्याहरु राखेपछि विवाद नगर्न निर्देशन समेत दिएका थिए ।

कपिलवस्तु जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले वनसँगको विवाद देखिएको बताए । उनले मुख्यमन्त्रीसँग छलफल भएको र  मुख्यमन्त्रीले दुवैतिरको ठेक्का  लगाएर काम गर्न, राजश्व उठाउन विवाद नगर्न  निर्देशन दिएको जानकारी दिए । अर्घाखाँची जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले प्रत्येक वर्ष सुकवेल खोलामा शितगंगाले ठेक्का लगाउने र  नदीजन्य पदार्थ निकासी गर्दै आएको र अहिलेसम्म कुनै विवाद नभएको तर अहिले अनावश्यक विवाद शिवराज नगरपालिकाले निकालेपछि समस्या उत्पन्न भएको बताए  । 

मुख्यमन्त्री आचार्यले भने, ‘पालिकाहरुले  वातावरणीय प्रभाव मूल्यांकन गरिसकेका छन् । वनले आइइ नगरेकोले समस्या भएको हो । अब समस्या नआउने गरी काम गर्न निर्देशन दिएको छु । दुवै पक्ष मिलेर काम गरेपछि समस्या समाधान हुन्छ ।’

डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठले नगरपालिकाले माथिल्लो क्षेत्रमा ठेक्का लगाइरहेको तर सोही खोलाको तल्लो क्षेत्रमा शिवराज नगरपालिकाले आइइ गर्ने तयारी गरेको र यससम्बन्धी छलफल निरन्तर भइरहेकोले समस्या छिट्टै समाधान गर्नेमा पहल भएको  बताए । 

डिभिजन वन कार्यालय कपिलवस्तु गौतमबुद्धका प्रमुख राजु थापाले  सुकवेल खोलामा विवाद रहेको उल्लेख गर्दै सीमा विवादका  बिषयमा वन कार्यालयलाई क्षेत्राधिकार नभएको बताए । 

नक्सामा सुकवेल खोला कपिलवस्तुमा रहेको देखिए पनि हाल शितगंगाले ठेक्का लगाएको क्षेत्रमा समस्या देखिएको  जानकारी आफुले पाएको लुम्बिनी प्रदेशका वन सचिव मोहन काफ्ले बताए  ।

ADV

सम्बन्धित खबर

Advertise