२०८२ कार्तिक ९ गते आइतवार / Oct 26 , 2025 , Sunday
२०८२ कार्तिक ९ गते आइतवार
Ads

बेरोजगार युवायुवतीलाई लोकसेवा कक्षा पढाउँदै सन्धिखर्क

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ चैत २१ गते २०:४८
बेरोजगार युवायुवतीलाई लोकसेवा कक्षा पढाउँदै सन्धिखर्क

अर्घाखाँची : सन्धिखर्क नगरपालिका अर्घाखाँचीले लोकसेवा आयोग र शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन गरेको छ । लोकसेवा आयोग र शिक्षक सेवा आयोगको तयारी गर्ने चाहना भएका नगरबासी युवायुवतीहरूलाई लक्षित गरी उक्त कक्षा संचालन गरेको हो ।

नासु र खरिदारको तयारी कक्षामा सहभागी हुन ७८ वटा आवेदन परेको  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिए । त्यसरी प्राप्त आवेदनमध्ये प्रवेश परीक्षाको आधारमा ७७ जना छनौट भएका थिए । यसैगरी शिक्षक सेवा आयोगतर्फ ५० जनाले आवेदन दिएका थिए । शिक्षक सेवा आयोग तयारी कक्षा लिन आवेदन दिएकामध्ये सबै तयारी कक्षामा सहभागी भएको सन्धिखर्क नगरपालिकाका प्रशासकीय अधिकृत भुसालको भनाइ छ ।

एक महिनासम्म संचालन हुने उक्त तयारी कक्षाका लागि नगरपालिकामा कार्यरत कर्मचारी, जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारी र आवश्यकता अनुसार जिल्ला बाहिरबाट समेत प्रशिक्षक झिकाएर फुल प्याकेजमा कक्षा संचालन गरेको   प्रमुख प्रशासकीय अधिकृत भुसालको भनाइ छ ।

अघिल्ला वर्षहरुमा पनि शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन गरेको वताउँदै सो कक्षामा सहभागीमध्ये धेरै जनाले शिक्षक सेवा आयोग पास गरी जिल्लाका विभिन्न विद्यालयमा सिफारिस भएको भुसालले जानकारी दिए । 

थोरै विकास बजेट कटौती गरेर लोकसेवा र शिक्षक सेवा आयोग तयारी कक्षा सुरु गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । 

लोकसेवा तयारी कक्षाको एक समारोहबीच सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख मिश्रा आचार्यले उदघाटन गरेकी छन् । कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समितिका अध्यक्ष नारायण खड्का, वडा नम्बर १ का अध्यक्ष माधव श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष मोतिजंग रायमाझी, घरेलु कार्यालयका प्रमुख दुर्गा न्यौपाने, नगरपालिका  महिला बालबालिका शाखाका प्रमुख बेलकुमारी परियार, कर्मचारीहरुको आधिकारिक ट्रेडयुनियनका अध्यक्ष कृष्ण बर्मा, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise