२०८१ चैत ३१ गते आइतवार / Apr 13 , 2025 , Sunday
२०८१ चैत ३१ गते आइतवार
Ads

मुस्ताङको घरपझोङ स्वास्थ्य शिविरमा तीन सय ५३ जना लाभान्वित

draupadi film
मध्यान्ह
२०८१ चैत ३० गते ११:४६
मुस्ताङको घरपझोङ स्वास्थ्य शिविरमा तीन सय ५३ जना लाभान्वित

मुस्ताङ : मुस्ताङमा गरिएको नि:शुल्क स्वास्थ्य परीक्षणमा तीन सय ५३ जना लाभान्वित भएका छन् । मुस्ताङको जोमसोम, ठिनी र मार्फामा बिहीबार र शुक्रबार ४० वर्ष भन्दामाथि उमेरका नागरिकको परीक्षण गरिएको हो ।

प्रादेशिक स्वास्थ्य निर्देशनालय (गण्डकी प्रदेश) को आयोजना, मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयको समन्वय तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश, प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङ, प्रदेश अस्पताल मुस्ताङ र प्रदेश आयुर्वेद चिकित्सालय मुस्ताङको सहकार्यमा नसर्ने रोगको बृहत् स्वास्थ्य परीक्षण सम्पन्न भएको प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका जनस्वास्थ्य अधिकृत कमल रानाभाटले जानकारी दिए । 

उनले नसर्ने रोग पहिचान गर्न बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । मुस्ताङमा नसर्ने रोगको पहिचान गरी त्यस्ता समस्या भएका बिरामीलाई उपचारमा सहयोग पुर्‍याउन उद्देश्यले बृहत् स्क्रीनिङ परीक्षण गरिएको हो । नसर्ने रोगको स्वास्थ्य परीक्षणअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिकाको जोमसोममा एक सय २८ जना, ठिनीमा एक सय नौ जना र मार्फा गाउँमा  एक सय ६ जनाले परीक्षण गराएको प्रादेशिक स्वास्थ्य निर्देशानलयका जनस्वास्थ्य अधिकृत रानभाटले उल्लेख गए । 

यसैगरी आज मुस्ताङको मार्फामा परीक्षण भइरहेको छ । मुस्ताङको घरपझोङ–४ जोमसोम र घरपझोङ–५ ठिनीमा गरी दुई सय २८ जना नसर्ने रोगको स्वास्थ्य परीक्षणबाट लाभान्वित भएको जनाइएको छ । नसर्ने रोगको बृहत् स्क्रीनिङ परीक्षण शिविरमा स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको घरपझोङ गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले उल्लेख गरे । 

नसर्ने रोगको स्क्रीनिङ परीक्षणको नमूना म्याग्दीको बेनी अस्पतालमा पठाइएको छ । त्यसको रिपोर्ट दुई दिनपछि सम्बन्धित व्यक्तिलाई उपलब्ध गराएर चिकित्सकीय परामर्श दिइने स्वास्थ्य संयोजक थकालीको भनाइ छ ।

नसर्ने रोगको बृहत् स्वास्थ्य शिविरमा रगत र पिसाबको परीक्षण, उचाइ, तौल, ब्लडप्रेसर, मधुमेह, मिर्गौला, कलेजोको परीक्षण तथा मुटु रोगको जोखिमको स्क्रीनिङ परीक्षण गरिएको हो ।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise