२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

अर्घाखाँचीमा प्राकृतिक विपद् : एक महिनामा १ जनाको मृत्यु, ४३ घरगोठमा क्षति

draupadi film
सुर्य प्रसाद भुसाल
२०८२ वैशाख २ गते २०:३४
अर्घाखाँचीमा प्राकृतिक विपद् : एक महिनामा १ जनाको मृत्यु, ४३ घरगोठमा क्षति

अर्घाखाँची : अर्घाखाँची जिल्लामा गएको एक महिनामा ७९ वटा विपद्का घटना घटेको प्रहरीले जनाएको छ । २०८१ सालको  चैत महिनामा  जिल्लाका विभिन्न स्थानमा भएका विपद्का घटनाले ४३ घरगोठमा क्षति पुर्‍याएको  प्रहरीको तथ्यांक छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले मंगलबार गरेको नियमित  पत्रकार भेटघाट कार्यक्रममा बोल्दै  प्रहरी नायब उपरीक्षक  डीएसपी चक्रबहादुर मल्लले एक जनाको प्राकृतिक विपद्का कारण ज्यान जानुको  साथै ३९ घर र ४ गोठमा क्षति पुर्‍याएको बताए । 

पत्रकार भेटघाटमा बोल्दै मल्लले भने, ‘अस्थायी प्रहरी चौकी डोहोटेमा सवारी साधनको चेकजाँच हामिले  नयाँ वर्षबाट सुरु गरेका छौं ।  यहाँ चेकजाँच सुरक्षाको दृष्टिकोणले उपयुक्त देखियो । अब ईलाका प्रहरी कार्यालयमा गाडि चेकजाँच हुँदैन ।’ ईलाका प्रहरी कार्यालय ठाडामा चेकजाँच र इन्ट्री हुँदै आएकोमा नयाँ वर्षको दिनदेखि शितगंगा १२ को डोहोटेबाट चेकजाँच सुरु गरिएको डीएसपी मल्लले बताए । 

ADV

सम्बन्धित खबर

Advertise