२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

शान्ति सुरक्षा र सुशासन कायम पहिलो प्राथमिकता : प्रजिअ खरेल

draupadi film
सुर्य प्रसाद भुसाल
२०८२ वैशाख ३ गते १६:५३
शान्ति सुरक्षा र सुशासन कायम पहिलो प्राथमिकता : प्रजिअ खरेल

अर्घाखाँची : अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले अबको सार्वजनिक सेवा सम्मानसहितको हुनुपर्ने र त्यसमा आफू लाग्ने बताएका छन् । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन, अर्घाखाँचीसहित अन्य क्रियाशील ट्रेड युनियनले राखेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी खरेलले अर्घाखाँची जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताए ।

गृह मन्त्रालयको चैत २२ गतेको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी खरेल अर्घाखाँचीमा सरुवा भइ आएका आएका हुन् । उनले भ्रष्टाचार रोक्ने, विकास निमार्णलाई चुस्त दुरुस्त बनाउने, छिटोछरितो सेवा प्रवाह गराउने, कालोबजारी रोक्नेलगायतका विषय पनि आफ्नो प्राथमिकतामा रहेको बताए ।

खरेलले भने, ‘म प्रशासक नभएर जनताको सेवक हुँ, सिडिओलाई शासकको रूपमा समेत हरिने गरिन्छ, तर म जनताको सेवकको रूपमा हेरिने वातावरण बनाउनेछु । तपाईंहरू पनि त्यसरी नै लाग्नुहोस् ।’

सरकारी कामको मात्रै नभइ समग्र विकास निर्माणदेखि अनियमितताका बारेमा निगरानी राख्न र गुनासो नआउने गरी काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए । यस्तै प्रमुख जिल्ला अधिकारी खरेलले सुशासन कायम गर्न सबै कर्मचारीहरूको सहयोग आवश्यक रहेको बताए । ‘जनप्रतिनिधिहरूले कार्ययोजना बनाउने, बजेट ल्याउने हो,’ प्रजिअ खरेलले भने, ‘त्यसको कार्यान्वयन कर्मचारीले गर्नुपर्छ भन्ने अनुभव हामीसँग छ ।’

उनले भ्रष्टाचार आफूले पनि नगर्ने र अन्य कर्मचारीबाट भएको थाहा पाए त्यस्ता कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिए । सरकारले दिएको जिम्मेवारीमा तलमाथि गरेपनि कारबाही हुने उनले स्पष्ट पारे ।

नागरिक र कर्मचारीबीचको सम्बन्ध नजिक भयो भने मात्रै सुशासन कायम हुने भन्दै उनले जिल्लामा रहेका कर्मचारीहरूलाई जनतालाई मुस्कानसहितको सेवा दिन आग्रह गरे । 

२०५४ सालमा निजामती सेवा प्रवेश गरेर विभिन्न कार्यालय र निकायमा कार्यरत रही हाल अर्घाखाँचीको प्रजिअको रूपमा आउँदा आफुलाई स्वागत गरेको भन्दै उनले सिबिएसहित क्रियाशील संघ संगठनलाई धन्यवाद दिए ।

कार्यक्रम मा सिबिए अध्यक्ष कृष्ण बर्माले प्रमुख जिल्ला अधिकारीलाई  जिल्लामा स्वागत गर्दै सिबिए र अन्य ट्रेड युनियनहरूले जिल्लामा गरेका रचनात्मक र सकरात्मक कामका बारेमा जानकारी गराएका थिए ।  

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य गणेश भण्डारी, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य रुकेन्द्र पालुङ्गे, डिफानका लुम्बिनी प्रदेश महासचिव केशर खड्का, जिल्ला अध्यक्षहरु युनियनका दिपक पाण्डे, राकसका भोजराज पोखरेल र अन्य पदाधिकारी तथा सिबिएका उपाध्यक्ष हरिप्रसाद डुम्रेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सचिव दुर्गा वि.क.ले संचालन गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise