२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउँछु : प्रजिअ खरेल

Nada
सूर्यप्रसाद भुसाल
२०८२ वैशाख ४ गते २१:३४
Shares
शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउँछु : प्रजिअ खरेल

अर्घाखाँची : हालै मात्र सरुवा भइ आएका अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जिल्लामा हुने गतिविधिहरुलाई निगरानी गरी जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने गरी योजना तयार गर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बिहीबार सञ्चारकर्मीहरु, राजनीति दल, उद्योगी, व्यवसायीहरुसँगको परिचयात्मक कार्यक्रममा प्रजिअ खरेलले शान्ति सुरक्षा, सुशासन र जवाफदेहिता  भष्टचार नियन्त्रण मुस्कानसहितको सेवा आफ्नो प्राथमिकतामा रहेकाले ढुक्कसँग काम गर्न सरोकारवालालाई आग्रह गरे । 

ncell

अर्घाखाँची जिल्ला आएपछि दर्जनौं जिल्लामा गरेको कामहरुको  अनुभवलाई  सही ढंगले प्रयोग  गरी यस जिल्लाको समृद्धिका लागि सबै सरोकारवालाको सहयोग भएमा काम गर्न सहज हुने बत(ाउँदै सबैसँगको समन्वय र सहकार्यलाई आफूले  पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रजिअ खरेलले बताए । भौगोलिक हिसाबले पहाडि भू–भाग देखिएपनि विभिन्न जिल्लाहरुसँग खुल्ला जोडिएकाले सुरक्षा चुनौती भएपनि त्यसलाई सम्बोधन गर्ने आफ्नो पहल प्रयास निरन्तर जारी रहने उनले बताए । प्रजिअ खरेलले जिल्लाका राजनीतिक दलहरु, पत्रकारहरु, उद्योगी, व्यवसायीहरुसँग समग्र राजनीतिक अवस्था, शान्ति सुरक्षा, व्यापारिहरुका समस्याका बारेमा जानकारी लिनका लागि परिचयात्मक कार्यक्रम राखेका हुन् ।

भेटघाटमा जिल्लाको सुरक्षा अवस्थाको बारेमा प्रहरीबाट भइ रहेको सचेतना, अभिमूखीकरण लागुऔषध नियन्त्रण तथा नियमन, चोरी निकासी, अर्घाखाँचीको वर्तमान अवस्थाका बारेमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक डीएसपी चक्रबहादुर मल्लले जानकारी गराएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले प्रजिअबाट पहल भइ सहज रुपमा सेवा प्रदाय निकायबाट पाउनुपर्ने सूचनाहरु, पत्रकारहरुले प्राप्त गरेको प्रहरी प्रशासनले पत्रकारलाई हरेक ठाउँमा सहयोग गर्दै आएको र रचनात्मक काममा सधैं सहयोग रहने बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष रुद्रमणी भुसाल, कोषाध्यक्ष नवीन केसी, पत्रकार सागर महत, बसन्त श्रेष्ठ लगायतले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा सार्वजनिक जग्गा हड्प्नेहरुको बिगबिगी रहेपनि प्रशासनको ध्यान नदिएको बताएका थिए । 

ताजा खबर

सम्बन्धित खबर