२०८२ साउन ७ गते बुधवार / Jul 23 , 2025 , Wednesday
२०८२ साउन ७ गते बुधवार
Ads

रिटर्नी सेन्टर नेपाल थाहा नगर कमिटी अध्यक्षमा विमल विष्ट

shivam cement
राजकुमार के.सी.
२०८१ असार २० गते २२:४२
रिटर्नी सेन्टर नेपाल थाहा नगर कमिटी अध्यक्षमा विमल विष्ट

मकवानपुर : वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको संगठन रिटर्नी सेन्टर नेपाल थाहा नगर कमिटी अध्यक्ष पदमा विमल विष्ट सर्वसम्मत निर्वाचित भएका छन् । रिटर्नी सेन्टर नेपाल नेकपा माओवादी केन्द्र निकट संगठन हो ।

बिहिबार थाहा नगरको विकासघरमा भएको प्रथम नगर सम्मेलनले विष्टको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा गंगालाल गोपाली, केशव ढकाल, प्रकाश सिलवाल, रुपलाल बलामी, रत्न मोक्तान चयन भएका छन् । त्यस्तै सचिवमा दिपेश केसी, कोषाध्यक्षमा मनिषा भुजेल, सहसचिवमा नरेन्द्र घलान र विष्णुबहादुर गोपाली चयन भएका छन् ।

कमिटीको सदस्यहरुमा विश्व प्रधान, सुजन तामाङ, माया लामा, रामचन्द्र स्याङ्तान, दिनेश तामाङ, नेबेन्द्र कार्कीलगायत चयन भएका छन् ।

सम्मेलन आयोजक समिति संयोजक सुजन लामाको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सदस्य इन्द्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा रिटर्नी सेन्टर बागमती प्रदेश कमिटी सदस्य यादवजंग रायमाझी, नेकपा माओवादी केन्द्र थाहा नगर कमिटी अध्यक्ष विनोदकुमार लामा, सचिव लक्ष्मण बिष्ट, नेपाल तामाङ घेदुङ संघ थाहा नगर अध्यक्ष दिपेन्द्रकुमार थिङ, वाइसिएल थाहा नगर अध्यक्ष मानसिं दोङ, थाहा नगरपालिका वडा नं. ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, नेपाल दलित मुक्ति मोर्चाका बागमती प्रदेश कमिटी सचिव जमिन दियाली, प्रेस सेन्टर नेपाल थाहा नगर अध्यक्ष शम्भु अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise