२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

कहीँ नभएको जात्रा हाँडीगाउँमा (तस्बिरहरू)

Nada
२०८३ कार्तिक १० गते १६:३३
Shares
कहीँ नभएको जात्रा हाँडीगाउँमा (तस्बिरहरू)
तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

काठमाडौं : दसैंको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौंको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु भएको छ । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म चल्छ । चोक्टे नारायण जात्राका नामले समेत चिनिने यस पर्वमा ब्रह्मा, विष्णु र महेश्वरका प्रतीक रहेका तीनवटा खट निकालेर विभिन्न टोल परिक्रमा गराइन्छ ।

May be an image of one or more people, crowd, temple and text

यस जात्राको मुख्य विशेषता नै खटको अनौठो बनावट र परिक्रमा गर्ने शैली हो। अन्य जात्रामा देवताको मूर्ति माथि र गजुर तल हुने चलन भएपनि हाँडीगाउँको जात्रामा गजुर तल र देवताको मूर्ति माथि राखिन्छ । बाँस तथा काठको सहायताले बनाइएका खटलाई विशेष विधिबाट घुमाउँदै परिक्रमा गराइने भएकाले यो जात्रा अरूभन्दा फरक देखिन्छ ।

माथिल्लो ठटाल टोलबाट ब्रह्माको, बीचको न्याल्म टोलबाट विष्णु (नारायण)को र तल्लो कोटालटोलबाट महेश्वरको खट निकाल्ने परम्परा छ । तीनवटै खटको दर्शन तथा पूजाआराधना गर्न स्थानीय बासिन्दासहित भक्तजनको सहभागिता रहने गरेको छ ।

May be an image of one or more people, crowd and text

यस जात्रामा खट सजाउन मैनबाट बनाइएका फूल प्रयोग गरिनु अर्को विशेषता हो। खट घुमाउने क्रममा झर्ने फूल टिप्नसमेत मानिसहरू उत्साहित हुन्छन् । प्रचलित किंवदन्तीअनुसार एउटी महिला गर्भवती भए पनि १२ वर्षसम्म सुत्केरी हुन नसकेपछि नारायणको आराधना गर्न पुगेकी थिइन् । नारायणलाई प्रसन्न पार्न अन्यत्र नभएको जात्रा देखाउने वाचा गरेपछि उनको मनोकामना पूरा भएको र त्यसैको सम्झनामा जात्रा सुरु भएको विश्वास गरिन्छ ।

May be an image of one or more people, musical instrument, crowd and text

May be an image of one or more people, crowd and text

May be an image of one or more people, crowd and text

May be an image of one or more people, crowd and text

May be an image of one or more people, wind chime, crowd, temple and text

May be an image of one or more people, flute, violin, temple and text

May be an image of one or more people, clarinet and text

May be an image of one or more people, crowd, temple and text

May be an image of one or more people, oboe, flute, clarinet and text

May be an image of one or more people, temple, crowd, street and text

सम्बन्धित खबर