२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८३ कार्तिक १० गते १५:०५
Shares
गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित ७ जनाविरुद्ध १ करोड ६० लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा विशेष अदालत, काठमाडौंमा दायर गरेको छ ।

गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख रेशम कुमारी थापासहितको आपसी मिलेमतोमा आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा नगरपालिका क्षेत्रभित्रका पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजार सञ्चालनबापतको राजस्व असुलीमा गैरकानुनी छुट दिएको र राजस्व कोषमा दाखिला नगराई हिनामिना गरेको अख्तियारको दाबी छ ।

नगरपालिकाले वडा नं. ६ र ७ मा हाटबजार सञ्चालनका लागि कुनै प्रतिस्पर्धा बिना सोझै वडा नं. ८ निवासी ठेकेदार वीरेन्द्र कुमार यादवलाई अमानतमा ठेक्का दिएको अनुसन्धानबाट खुलेको छ ।

अख्तियारका अनुसार गोलबजार नगर कार्यपालिकाको मिति २०७८ साउन ४ को निर्णयद्वारा प्रचलित कानुन र विधायकीय सिद्धान्त विपरीत गैरकानुनी रूपमा २७ लाख ३४ हजार ९१३ रुपैयाँ राजस्व छुट दिने निर्णय गरिएको थियो ।

त्यस्तै, कार्यपालिकाको मिति २०७८ साउन १४ को निर्णय अनुसार अमानती ठेकेदार वीरेन्द्र कुमार यादवबाट असुल गरी सञ्चित कोषमा दाखिला गर्नुपर्ने १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ राजस्व असुल नगरी सार्वजनिक सम्पत्तिको हानि-नोक्सानी पुर्‍याइएको थियो ।

यसरी आव २०७७/७८ र आव २०७८/७९ गरी कुल १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानि-नोक्सानी गरेको पुष्टि भएपछि आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

अख्तियारले तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशम कुमारी थारू, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्त कुमार पौड्याल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नारायण महतो, तत्कालीन राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्र कुमार यादवविरुद्ध आरोपपत्र दायर गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर