२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

व्यवसायी पाण्डे मञ्चबाट निष्कासित

draupadi film
मध्यान्ह
२०८२ वैशाख ८ गते ०६:५०
व्यवसायी पाण्डे मञ्चबाट निष्कासित

काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले मञ्चका पूर्वअध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीलाई मञ्चको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेकोे छ । मञ्चले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गत चैत २९ गते सम्पन्न कार्यसमितिको निर्वाचनमा विपक्षी उम्मेदवारहरूलाई खुलारूपमा देखिने गरी सहयोग र प्रचारप्रसार गरी मञ्चबाट सिफारिस उम्मेदवारहरूलाई पराजित गराउन प्रमुख भूमिका निर्वाह गरेको देखिएकाले निष्कासन गरिएको बताएको छ ।

निष्कासित पाण्डे संघका पूर्व  उपाध्यक्षसमेत हुन् । निष्कासन सम्बन्धमा पूर्वअध्यक्ष पाण्डेको धारणा सार्वजनिक भइसकेको छैन ।

मञ्चबाट सिफारिस गरिएका अध्यक्षलगायतका उम्मेदवारहरूलाई हराउन विपक्षी उम्मेदवारहरूलाई खुलारूपमा देखिने गरी सहयोग र प्रचारप्रसार गर्ने काम मञ्चको उद्देश्य, मर्म, भावनाका साथै नेकपा एमाले पार्टीको नीतिविरुद्धको कार्य रहेको मञ्चले बताएको छ ।

मञ्चको वैशाख ३ गतेको निर्णयबमोजिम मञ्चको विधान २०७१ को दफा ९(१)(घ) बमोजिम साधारण सदस्यसमेत नरहने गरी पाण्डे क्षेत्रीलाई निष्कासन गरिएको निष्कासन पत्रमा उल्लेख छ । 

संघको गत निर्वाचनमा लोकतान्त्रिक एसोसिएसन र  वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले तालमेलका आधारमा बनाएको प्यानलका अध्यक्षका उम्मेदवार भूवनसिंह गुरुङले ४२८ मत पाउँदा उनका प्रतिस्पर्धी प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अर्को पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको तालमेलमा मञ्चका पूर्वअध्यक्ष नरेश गेलालले ३६७ मत पाएका थिए । मञ्चको प्यानलले कार्यसमितिमा ३ पदाधिकारी र १ सदस्य जितेको छ । उक्त परिणामलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

मञ्चले पूर्वअध्यक्ष पाण्डे क्षेत्रीलाई निष्कासन गरेको विषयमा नेकपा एमाले केन्द्रीय कमिटी, नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटी, नेपाल उद्योग तथा व्यवसायी महासंघ, नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटी, नेकपा एमाले तनहुँ जिल्ला कमिटी, नेकपा एमाले वैदेशिक रोजगार विशेष इलाका कमिटी काठमाडौं, नेकपा एमाले वैदेशिक रोजगार शाखा कमिटी सामाखुसीलाई बोधार्थ पठाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise