२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

तलबको माग गर्दै नगरपालिकामा तालाबन्दी

ADV
प्रेमचन्द्र झा
२०८१ असार २१ गते २१:०९
तलबको माग गर्दै नगरपालिकामा तालाबन्दी

रौतहट : रौतहट फतुवा विजयपुर नगरपालिकाका कर्मचारीले तलबको माग गर्दै नगरपालिका कार्यालय मूल ढोकामा तालाबन्दी गरेका छन् । नगरपालिकाका कार्यवाहक नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै कर्मचारीले तालाबन्दी गरेका हुन् । 

नगर प्रमुखलाई दिइएको ज्ञापनपत्र अनुसार करारका कर्मचारीलाई विगत ३ महिनादेखि तलब नदिएको, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई यसबारे जानकारी दिन खोज्दा फोनमा समेत सम्पर्क नहुने गरेको उल्लेख छ ।

ज्ञापन पत्रमा इन्जिनियर धर्मेन्द्र यादवसहित विभित्र पदका ५० जना कर्मचारीको नाम उल्लेख छ । यस सम्बन्धमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानसँग मोबाइल फोनमा सम्पर्क गर्दा फोन उठेन ।

पछिल्लो पटक प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएपछि प्रधान मुस्किलले २/३ पटक मात्र कार्यालय आएको एक कर्मचारीले बताए । फतुव विजयुर नगर पालिकामा प्रधान प्रमुख प्रशासकीय अधिकृत भएको यो तेस्रो पटक हो । पछिल्लो पटकमा कार्यालयका अधिकांश काम चन्द्रनिगाहपुरको डेराबाट नै सञ्चालन गर्दै आएका छन् । 

प्रमुख प्रशासकीय अधिकृत प्रधानको चन्द्रनिगाहपुरस्थित डेरा रौतहटको दुईवटा स्थानीय तहको संयुक्त कार्यालयको रुपमा विकास भएको कटहरिया र फतुवा विजयपुर नगरपालिकाका कर्मचारीहरु बताउँछन् । दुवै नगरपालिकाका लेखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत  सुरेन्द्र प्रधान नै हुन् । 

लेखा प्रमुख उमेश यादव चन्द्रनिगाहपुरस्थित दुर्गा माविको आगाडिको घरबाट कटहरिया र फतुव विजयपुर नगरपालिकाको चेक तयार गर्ने गरेको र प्रमुख प्रशासकीय अघिकृत मुनलाइट बोर्डिङ स्कुल भन्दा उत्तरको डेरामा बसेर चेक साइन गर्ने गरेको कटहरिया नगरपालिकाका एक कर्मचारीले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise