२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कांग्रेस सांसद राईलाई तीन दिन हिरासतमा राख्न अनुमति

Nada
२०८२ वैशाख १४ गते १४:२९
Shares
कांग्रेस सांसद राईलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : सहकारी ठगीको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

ncell

काठमाडौं जिल्ला अदालतले राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।

 राई कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको पूर्व सहसचिव हुन् । उनी सहसचिव हुँदा सहकारीका बचतकर्ताको रकम अपचलन भएको आरोपमा पुरक जाहेरी परेपछि प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्ने भएको हो ।

उनी जनजाति कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य छिन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन् ।

ताजा खबर

सम्बन्धित खबर