२०८३ कार्तिक १६ गते सोमवार / Nov 02 , 2026 , Monday
२०८३ कार्तिक १६ गते सोमवार

सर्वोच्च अदालतमा प्रस्तावित ४ न्यायाधीशविरुद्ध समितिमा ९ वटा उजुरी

Nada
२०८३ कार्तिक १६ गते १७:२८
Shares
सर्वोच्च अदालतमा प्रस्तावित ४ न्यायाधीशविरुद्ध समितिमा ९ वटा उजुरी

काठमाडौं : सर्वोच्च अदालतमा सिफारिस भएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेका छन् । सोमबार बसेको समितिको बैठकमा समिति सभापति बोधनारायण श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।

उनकाअनुसार प्रस्तावित न्यायाधीशहरूको सुनुवाइका  लागि हाल उजुरी संकलन गर्ने प्रक्रिया जारी रहेको छ । प्राप्त उजुरीमध्ये सबै जना प्रस्तावित न्यायाधीशविरुद्ध दुई–दुई वटा, दुई जना जनाविरुद्ध तीन-तीन वटा र एक जनाविरुद्ध एक वटा उजुरी परेको जानकारी दिए ।

सभापति श्रेष्ठले गोप्य नरहेका उजुरीहरूको अध्ययन प्रक्रिया अघि बढाइने जानकारी दिए । गोप्य रूपमा प्राप्त भएका उजुरी भने समितिको आगामी बैठकमा खोलेर अध्ययन गरिने उनको  भनाइ छ । उजुरी अध्ययनपछि आगामी बैठकबाट प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

उजुरी दिने समय कात्तिक १९ गतेसम्म तोकिएको छ । गत असोज २० मा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । यसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् । 

ताजा खबर

सम्बन्धित खबर