२०८२ वैशाख १५ गते सोमवार / Apr 28 , 2025 , Monday
२०८२ वैशाख १५ गते सोमवार
Ads

शिक्षक आन्दोलन : पानीको फोहोरा लागेर पत्रकार कार्की घाइते

मध्यान्ह
२०८२ वैशाख १४ गते १६:३७
शिक्षक आन्दोलन : पानीको फोहोरा लागेर पत्रकार कार्की घाइते

काठमाडौं : शिक्षकको आन्दोलनमा भएको झडपमा परेर एक पत्रकार घाइते भएकी छन् । घाइते हुनेमा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की छिन् । 

उनको आँखामा चोट लागेको छ । आन्दोलित भिड तितरबितर पार्न प्रहरीले प्रहार गरेको पानीको फोहोरा लागेपछि कार्कीको आँखामा चोट लागेको हो ।

कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच कार्की समाचार संकलनका क्रममा घाइते भएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको जनाए ।  

नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक रहेको महासंघले जनाएको छ ।  महासंघले घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन माग गरेको छ ।

ADV

सम्बन्धित खबर