२०८२ वैशाख १५ गते सोमवार / Apr 28 , 2025 , Monday
२०८२ वैशाख १५ गते सोमवार
Ads

सप्तरी बस दुर्घटना : मृतकको संख्या ३ पुग्यो

मध्यान्ह
२०८२ वैशाख १४ गते १७:२१
सप्तरी बस दुर्घटना : मृतकको संख्या ३ पुग्यो

राजविराज : सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगामामा आइतबार भएको यात्रुवाहक बस दुर्घटनामा घाइते भएका थप एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पु¥याइएका सप्तकोशी नगरपालिका– १ का ७५ वर्षीय रत्नबहादुर मगरातीको उपचारका क्रममा मृत्यु भएको हो ।

गाईघाटबाट विराटनगरतर्फ जाँदै गरेको प्र१–०१–००१ ख ३४२० नं. को यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना भएको थियो ।

मृत्यु भएका एक पुरुष र एक महिलाको सनाखत भएको छैन । दुवैको शव गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ । दुर्घटनामा दुई दर्जन यात्रु घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

ADV

सम्बन्धित खबर