२०८२ वैशाख १५ गते सोमवार / Apr 28 , 2025 , Monday
२०८२ वैशाख १५ गते सोमवार
Ads

ज्येष्ठ नागरिकलाई लिएर तीर्थ व्रत हिँडे वडाध्यक्ष पौडेल

सुर्य प्रसाद भुसाल
२०८२ वैशाख १४ गते २०:४३
ज्येष्ठ नागरिकलाई लिएर तीर्थ व्रत हिँडे वडाध्यक्ष पौडेल

अर्घाखाँची : बुढेसकालको जीवन, एकै ठाउँमा बस्दाबस्दै वाक्क र थकित भएका हुन्छन् ज्येष्ठ नागरिकहरु । घरमा हुर्के बढेका छोराछोरी तथा नातिनातिनासँग बारम्बार भेट गर्ने र गफ गर्ने अवसर उनीहरुलाई छैन ।

ज्येष्ठ नागरिकको समस्या बुझ्दै पाणिनी गाउँपालिका वडा नम्बर ६ ले  ज्येष्ठ नागरिकलाई अन्तरजिल्ला भ्रमण तीर्थयात्रा गराएपछि यहाँका ज्येष्ठ नागरिक खुसीले दंग छन् । ज्येष्ठ नागरिकको तीर्थयात्रा टोलीलाई स्थानीय वडाबासीले धातिवाङबाट बिदाई गरे । धातिवाड ६ नम्बर वडालाई साँच्चै नमुना वडा बनाउने अभियानमा लागेको बताउँदै वडाध्यक्ष ज्येष्ठ नागरिक लिएर तीर्थ निस्किएका हुन् ।

पाणिनी ६ का नागरिकको न्यूनतम आवश्यकतालाई पूरा गर्न योजनाबद्ध रूपमा अगाडि बढेको वडा नम्बर ६ का अध्यक्ष कृष्ण पौडेलले बताए । उनले औपचारिक विद्यालयको शिक्षासँगै आफूले जीवनमा भोगेका भोगाइ र शिक्षा ज्येष्ठ नागरिकबाट पनि सिक्नुपर्ने भन्दै ज्येष्ठ नागरिकलाई सधैँ सम्मान गर्नुपर्ने बताए ।

अहिले वडा नम्बर ६ ले सबै ज्येष्ठ नागरिकका लागि सम्मानस्वरूप विभिन्न योजना बनाएर कार्यक्रम अगाडि बढाइरहेको हुँदा आगामी दिनमा अन्य वडामा पनि यस प्रकारको कार्यक्रम ल्याउन सुझाव दिएको अध्यक्ष पौडेलले दावी गरे । 

उनले ज्येष्ठ नागरिकमा वृद्धहरुको सम्मानमा सिमित बजेट व्यवस्थापन गर्ने गरेको बताए । अहिलेको व्यस्त समयमा घरपरिवारले ज्येष्ठ नागरिकलाई समय दिन नभ्याउने तथा दिनभर घरमा बसिरहेका बुबाआमालाई नयाँ ठाउँको अवलोकन तीर्थ  गराउने उद्देश्यले वडाको वार्षिक बजेटबाट भ्रमणमा लगिएको वडाध्यक्ष पौडेलको भनाइ छ । नयाँ ठाउँको विकास तथा पछिल्ला दिनमा भएका परिवर्तनबारे प्रायःवृद्धवृद्धा बेखबर रहने, कतिपय ज्येष्ठ नागरिक घरबाट गाउँटोलबाट बाहिर ननिस्किएका पनि भएकाले उनीहरूको सम्मानस्वरूप ३ दिने भ्रमण तथा तिर्थयात्रामा लगिएको हो । 

तीर्थ यात्रामा गएका ज्येष्ठ नागरिकलाई बागलुङको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल बागलुङ कालिका मन्दिरको दर्शन गराइ मुक्ति नाथ कागबेनी पोखराका विभिन्न पर्यटकीय स्थलहरुको  अवलोकन गराइएको थियो ।

यस्तै भ्रमणमा सहभागीमध्ये ज्येष्ठ नागरिक श्यामप्रसाद पौडेलले पछिल्लो समय वृद्धवृद्धालाई उचित सम्मान नगरिरहेको अवस्थामा वडाले यसरी सम्झिएर भ्रमणमा लगेर विभिन्न धार्मिक पर्यटकीय क्षेत्रको अवलोकन गराउँदा निकै  खुसी व्यक्त गरे । 

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमबाट विनियोजित ३ लाख बजेटले ४६ जना ज्येष्ठ नागरिक, जनप्रतिनिधि, कर्मचारी गरी ६५ जना सहभागी भएको जनप्रतिनिधि हरि पौडेलले बताए  ।

ADV

सम्बन्धित खबर