२०८२ वैशाख १५ गते सोमवार / Apr 28 , 2025 , Monday
२०८२ वैशाख १५ गते सोमवार
Ads

इरानको बन्दरगाह विस्फोटमा २५ जनाको मृत्यु, ८ सय घाइते

मध्यान्ह
२०८२ वैशाख १५ गते ११:२८
इरानको बन्दरगाह विस्फोटमा २५ जनाको मृत्यु, ८ सय घाइते

काठमाडौंः इरानको दक्षिणी प्रान्त होर्मोज्गानको बन्दरगाहमा शनिवार भएको ठूलो विस्फोटमा मृत्यु हुनेको संख्या २५ पुगेको छ । साथै ८ सय जना घाइते भएका छन् । 

घटनाको सही कारण अझै पत्ता लागेको छैन । प्रान्तीय राजधानी बन्दर अब्बासको शाहिद राजाई बन्दरगाहमा विस्फोट भएको थियो । जसपछि उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पठाइएको थियो र सबै बन्दरगाह गतिविधिहरू निलम्वित गरिएको थियो । 

राष्ट्रिय विपद् व्यवस्थापन संगठनका प्रवक्ता हुसेन जफरीले फार्सलाई बताएअनुसार बन्दरगाहमा रहेको कन्टेनरमा रहेको रासायनिक पदार्थले विस्फोट गराएको हुनसक्छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर