२०८२ वैशाख १५ गते सोमवार / Apr 28 , 2025 , Monday
२०८२ वैशाख १५ गते सोमवार
Ads

शिक्षक आन्दोलनमा सरकारले दमन गरेको माओवादीको आरोप

मध्यान्ह
२०८२ वैशाख १५ गते ११:४७
शिक्षक आन्दोलनमा सरकारले दमन गरेको माओवादीको आरोप

काठमाडौंः प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले शान्तीपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरूको आन्दोलनमा सरकारले दमन गरेको भन्दै त्यसको भत्र्सना गरेको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद जनार्दन शर्माले शिक्षकहरूका माग सम्बोधन गर्नुको सट्टा सरकारले दमन गरिरहेको आरोप लगाएका हुन् । सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ ? उनको प्रश्न छ ।

उनले पुराना ऐन र कानूनहरुको कारण संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा बाधा पुगेको उल्लेख गरे । वर्तमान सरकारले शिक्षकका मागहरु सम्बोधन गरेर जानुपर्ने बेलामा तीन वटा सरकारले गरेका सम्झौताहरु कार्यान्वयन नगर्ने र धोका दिने काम गरिरहेको आरोप लगाए ।

उनले भने, ‘शान्तीपूर्ण आन्दोलन गरिरहेका शिक्षक आन्दोलनमा सरकारले दमन गर्‍यो । आन्दोलन गरिरहेका शिक्षकहरुमाथि पानीको फोहोरा हान्दा दर्जनौं शिक्षकहरु घाइते हुनुभएको छ । र आज अस्पतालमा उपचार गरिरहनु भएको छ ।  सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेकाे छ ? यसको म भत्सना गर्न चाहन्छु । संविधान निर्माणसँगै हामीले नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्दथ्यो । आजको देशको आवश्यकता र समयलाई मध्यनजर गर्दै नयाँ शिक्षा ऐन बनाउनुपर्थ्यो । पुराना ऐन र कानुनहरुकै कारण आज संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनान बाधा अड्चनहरु भइरहेको छ । यस्तो बेलामा शिक्षककाम मागहरु सम्बोधन गरेर जानुपर्ने बेलामा तीन वटा सरकारले गरेका सम्झौताहरु कार्यान्वयन नगर्ने, धोका दिने काम भइरहेको छ ।’ 

शिक्षकहरुका जायज मागहरु तत्काल सम्बोधन गर्न उनले सरकारको ध्यानाकर्षण गराए । 

ADV

ताजा खबर

सम्बन्धित खबर