२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल राज्यले सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ

shivam cement
२०८२ वैशाख १५ गते १२:०८
Shares
शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल राज्यले सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल राज्यले सम्बोधन गर्नुपर्ने बताएकी छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा उनले शिक्षकहरुको आन्दोलनले गर्दा बच्चाहरुको पढ्न पाउने अधिकार गुमि रहेको भन्दै शिक्षकहरुलाई के गरेर विद्यालयमा फिर्ता गर्न सकिन्छ त्यो छिटो गर्न माग गरेकी हुन् ।

उनले भनिन्, ‘हिजो बैसाख १४ गते प्रहरीहरुले शिक्षकहरुमाथि जुन दमन भयो त्यसले गर्दा दर्जनांै शिक्षकहरु अस्पतालमा छन् । उहाँहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल राज्यले सम्बोधन गर्नुपर्यो, शिक्षाको बजेट कति छ त्यो सरकारले यहाँ आएर भन्नुपर्यो र शिक्षकहरुलाई पनि भन्नुपर्यो, पठनपाठनको अवस्था बनाउनुपर्यो । हाम्रो बच्चाहरुको पढ्न पाउने अधिकार गुमि रहेको छ । शिक्षकहरुलाई के गरेर विद्यालयमा फिर्ता गर्न सकिन्छ त्यो छिटो गर्न माग पनि गर्न चाहान्छु ।’ 

यस्तै, उनले शिक्षकहरुले शिक्षा ऐनमा राखिएको कुरा र राजनीतिक दलहरुले राजनीतिक दल सम्बन्धी ऐनले भनेको कुरा पालना गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘शिक्षकहरुलाई पनि भन्न चाहान्छु, शिक्षा ऐनमा राखिएको कुरा तपाईंहरुले पनि पालना गर्नु राजनीतिक दललाई पनि भन्न चाहान्छु राजनीतिक दल सम्बन्धी ऐनले शिक्षकहरुलाई राजनीतिक सदस्यता दिनु हँुदैन् भनेर जुन भनेको छ त्यसको पालना गर्नु र राज्य अधिनायकवाद तर्फ लम्किदै हुनुहुन्छ यसमा आपत्ति जनाउछु ।’

उनले यो राज्य अधिनायकवाद र अत्याचार तर्फ हिँडिरहेको भन्दै यसमा गम्भिर ध्यानाकर्षण समेत गराएकी छन् । 
 

सम्बन्धित खबर