२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Nada
२०८२ वैशाख १६ गते १०:१२
Shares
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ : प्रतिनिधि सभाको बैठक मंगलवार पनि बस्ने भएको छ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ ।

ncell

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘तिलगंंगा नेत्र विश्वविद्यालय, विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गनेछ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस्’ र सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने  कार्यसूची रहेको छ ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले ‘कानुन, न्याय तथा मानव अधिकारी समितिको प्रतिवेदनसहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव गर्ने तथा सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर