काठमाडौँ : स्थानीय बजारमा सुनको मूल्य बढेको छ । पाँच सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमवार प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। सोमवार पनि सोही मूल्यमा कायम भएको थियो ।