२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा

shivam cement
२०८२ वैशाख १६ गते ११:०२
Shares
नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा

बाँके : यही वैशाख २० र २१ गते नेपालगञ्जमा नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशन हुने भएको छ । महाधिवेशनमा बाँकेका मौलाना मुस्लिम खान बरकातीले मुफ्ती, हाफिज, कारी, आलिम अध्ययन गरेकाहरूलाई समानान्तर तहअनुसार मान्यता दिनुपर्ने विषय महाधिवेशनमा उठान गर्न सुझाव दिएका छन् ।

“भारतमा अध्ययन गरेपछि त्यहाँको सरकारले मान्यता दिएर माथिल्लो तह अध्ययन गर्न पाउने व्यवस्था गरेको छ, रोजगारीसमेत पाउने गरेका छन्”, उनले भने, “हाम्रो यहाँ न त रोजगारीको व्यवस्था छ न माथिल्लो तह अध्ययन गर्न पाउने व्यवस्था छ यस विषयलाई चासो दिन जरुरी छ ।”

शिक्षा र स्वास्थ्यका सवालमा मुस्लिम समुदायको अवस्था कमजोर रहेकाले महाधिवेशनले विषय उठान गर्नुपर्नेमा मुस्लिम अगुवाहरूले जोड दिँदै आएको नेपाल मुस्लिम इत्तेहाद संगठनका इञ्चार्ज मोहम्मद हारुन हलवाईले बताए ।

“इत्तेहादको महाधिवेशन भए पनि यसलाई बाँकेको विकास निर्माण तथा पछाडि परेका वर्गको चासो, चिन्ता अधिकार, मागका विषयमा समेत प्रधानमन्त्रीज्यूसमक्ष राख्ने अवसर पनि हो”, हलवाईले भने, “प्रधानमन्त्री आउने कार्यक्रम भएकाले इत्तेहादको महाधिवेशनलाई मुस्लिम समुदायका सवाल उठान गर्ने अवसरका रूपमा पनि लिइएको छ ।”

मुस्लिम समुदायका अगुवाहरूले महाधिवेशनलाई सफल बनाउने प्रतिबद्धता जनाउँदै मुस्लिम विद्यार्थीका लागि छुट्टै विश्वविद्यालयका लागि पहल गर्नुपर्ने, स्वास्थ्य संस्थामा विशेष छुटको व्यवस्था हुनुपर्नेलगायत सवाल उठाएको उनको भनाइ छ । “हामीले प्रधानमन्त्रीज्यूलाई जिल्लाका विभिन्न क्षेत्रबाट मागका बारेमा ज्ञापन पत्र बुझाउने र प्रधानमन्त्रीज्यूले महाधिवेशन उद्घाटनका क्रममा त्यसलाई सम्बोधन गर्नुहुने विश्वास छ”, उनले भने, “यो महाधिवेशन मुस्लिम समुदायका सवाललाई उठान गर्ने फोरमका साथै बाँके जिल्लालाई देशभर चिनाउने अवसर पनि हो ।” 

महाधिवेशनमा देशभरबाट आउने करिब छ सय प्रतिनिधिको सहभागिता रहने महाधिवेशन आयोजक समितिका संयोजक अब्दुलकरिम खानले बताए । उनले महाधिवेशन बाँकेले आफ्नो ‘एजेन्डा’ केन्द्रसम्म पुर्‍याउने अवसर भएको उल्लेख गरे । 

“जिल्लाबाट हामीले हाम्रा चासोका विषय विकास निर्माण, शिक्षा, स्वास्थ्यलगायत अधिकारका विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने छौँ”, उनले भने, “इत्तेहादको महाधिवेशन बाँकेमा हुनु एउटा अवसर हो, यसलाई सबै बाँकेवासीले सफल बनाउनु पर्छ ।” महाधिवेशनको सफलताको लागि बाँके र बर्दियाका स्थानीय तहसम्म प्रचारप्रसार गरिएको महाधिवेशन तयारी समितिका संयोजक खानले बताए । 

सम्बन्धित खबर