२०८२ वैशाख १६ गते मङ्गलवार / Apr 29 , 2025 , Tuesday
२०८२ वैशाख १६ गते मङ्गलवार
Ads

सरकारले शिक्षकहरुलाई विद्यालय फर्किने वातावरण बनाओस् : सांसद खतिवडा

मध्यान्ह
२०८२ वैशाख १६ गते १२:३२
सरकारले शिक्षकहरुलाई विद्यालय फर्किने वातावरण बनाओस् : सांसद खतिवडा

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकहरुलाई दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै गीत गाउने रुपमा व्यवस्थापन नगरी विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हन् ।

शिक्षकहरु कांग्रेस, एमाले र माओवादीका मात्र नभई समग्र देशका भएको उल्लेख उनले शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भिर हुन जरुरी रहेको बताए । शिक्षकहरुका जायज माग सम्बोधन गर्ने विषयमा नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले संसदमा जवाफ दिने वातारण बनाउनुपर्नेमा उनको जोड छ । 

उनले गभर्नर नियुक्त नभएर अर्थतन्त्रमा परेको असरबारे व्याख्या गर्नै नसक्ने स्थिति सिर्जना भएको बताए । उनले सरकारले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेर गभर्नर नियुक्त गर्नुपर्ने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर