२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग

Nada
२०८२ वैशाख १६ गते १४:०९
Shares
कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग

काठमाडौंः प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेकी छन् ।

ncell

सांसद कठायतले कम्तीमा कुल पुँजीगत बजेटको १५ प्रतिशत कर्णालीका सडक, यातायात, शिक्षा, स्वास्थ्य तथा रोजगारमा विनियोजन गरिनुपर्ने बताए । बैठकको विशेष समयमा उनले भनिन्, ‘कर्णालीलाई बजेट र स्रोतविहीन पार्ने काम भएको छ । राज्यका निकायमा कर्णालीका नागरिकको नियुक्ति खोइ ? कर्णालीमैत्री नीति तथा कानुन निर्माण आवश्यक छ ।’

सांसद महेन्द्र राय यादवले शिक्षकहरुका मागप्रति सरकार गम्भीर नभएको आरोप लगाए । उनले भने, ‘आन्दोलनले विद्यार्थीको पढाइ प्रभावित बनेको छ । वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्छ ।’ कवाडी व्यवसायमा संलग्नको रोजगारी र शान्ति सुरक्षाको ‘ग्यारेन्टी’ हुनुपर्नेमा उनले जोड दिए ।

ताजा खबर

सम्बन्धित खबर