२०८२ वैशाख १६ गते मङ्गलवार / Apr 29 , 2025 , Tuesday
२०८२ वैशाख १६ गते मङ्गलवार
Ads

भन्सार विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

मध्यान्ह
२०८२ वैशाख १६ गते १५:१२
भन्सार विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं : ‘भन्सार विधेयक, २०८१’  प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । सभाको मंगलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।

मंगलबार विधेयकमाथिको सैद्धानितक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् ।

विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार बिन्दुहरुमा रहेको बेथिति हटाउनका लागि भन्सारसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्नका लागि विधेयक ल्याइएको बताए । उनले भन्सार नाकामा राजस्व चुहावट, अनियमितता र व्यापारीहरु पीडित नबनुन् भन्ने नै विधेयकको मुख्य उद्देश्य रहेको बताए । उनले विधेयकलाई समृद्ध बनाउनका लागि सुझाव दिने सांसदहरुलाई धन्यावाद समेत दिए ।

विधेयकले कानुनको रुप लिएसँगै राजस्व चुहावटमा कमी आउनुका साथै भन्सार व्यापार सहज हुने मन्त्री पौडेलको दाबी छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर