२०८२ वैशाख १६ गते मङ्गलवार / Apr 29 , 2025 , Tuesday
२०८२ वैशाख १६ गते मङ्गलवार
Ads

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट पारित

मध्यान्ह
२०८२ वैशाख १६ गते १५:१६
केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं : ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’  प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । सभाको मंगलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।

मंगलबार विधेयकमाथिको सैद्धानितक छलफलपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् ।

विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले उक्त विधेयकले प्रचलित कानुनमा रहेका प्राविधिक त्रुटिहरुको सुधार गर्दै नेपालको दिगो विकास, सुशासनको प्रत्याभूति र वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

अब यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा आउनेछ । सभामुख हुँदै राष्ट्रपति कहाँ पुगेपछि राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै ऐनको रुपमा कार्यान्वयनमा आउनेछ ।

ADV

ताजा खबर

सम्बन्धित खबर