२०८२ वैशाख १७ गते बुधवार / Apr 30 , 2025 , Wednesday
२०८२ वैशाख १७ गते बुधवार
Ads

पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम

मध्यान्ह
२०८२ वैशाख १७ गते ०८:२९
पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम

जनकपुरधाम : धनुषाका पाँच स्थानीय तहका पिछडिएका समुदायको उत्थानका निम्ति विविध स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिएको छ । ‘प्लान इन्टरनेसनल नेपाल’ नामक संस्थाले शिक्षा, स्वास्थ्य सेवाका साथै सीपमूलक तालिम प्रदान गरेको हो ।

विदेह, सहिद, कमला, सबैला नगरपालिका र जनकनन्दनी गाउँपालिकामा रु चार करोड ९८ लाख ७८ हजार ३११ खर्च गरेर ती कार्यक्रम सञ्चालन गरेको हो । 

अपाङ्ग, बालबालिका, महिला, युवा तथा बेरोजगारलाई लक्षित गरेर शिक्षा, स्वास्थ्य तथा उद्यमशीलता र रोजगारसम्बन्धी  विभिन्न कार्यक्रम सञ्चालन गरिएको संस्थाका कार्यक्रम अधिकृत वेदप्रसाद भूर्तेलले बताए । 

परियोजना सञ्चालित स्थानीय तहहरूमा कार्यक्रम सञ्चालन गर्न आसमान नेपाल, सामुदायिक परिवार कल्याण सङ्घ, जानकी महिला जागरण समाज तथा सपोर्ट नेपालसँग प्लानले साझेदारी गरेको उनले जानकारी दिए ।  

ADV

ताजा खबर

सम्बन्धित खबर