२०८२ वैशाख १७ गते बुधवार / Apr 30 , 2025 , Wednesday
२०८२ वैशाख १७ गते बुधवार
Ads

कर्णालीमा १३ विद्यालयमा मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम

मध्यान्ह
२०८२ वैशाख १७ गते ०८:३४
कर्णालीमा १३ विद्यालयमा मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम

सुर्खेत : कर्णाली प्रदेश प्रदेश सरकारले मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

अघि प्रदेश सरकारको महत्वाकांक्षी योजनाको रुपमा रहेको यो कार्यक्रममा कर्णालीका १३ विद्यालय छनोट गरिएको छ । शिक्षालाई समानुकुल प्रविधिमा आधारित गुणस्तरीय बनाउन मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम अन्तर्गत छनौट गरिएका विद्यालयका सम्बन्धित स्थानीय तहमार्फत यो कार्यक्रम कार्यान्वयनमा ल्याइने छ ।

कार्यक्रममार्फत पहिलो चरणमा कर्णालीका १३ वटा विद्यालयको भौतिक पूर्वाधार निर्माणका साथै प्रविधिमैत्री शिक्षण सिकाईका लागि सुचना तथा सञ्चार प्रविधि प्रयोगशाला, शिक्षण सिकाई केन्द्रलगायत स्थापना गरिनेछ ।

कर्णालीको सार्वजनिक शिक्षा सुधार गर्न सामुदायिक विद्यालयको प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रभावकारी बनाउन यो कार्यक्रम ल्याइएको कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री घनश्याम भण्डारीले बताए ।

१३ सामुदायिक विद्यालयमा सुचना तथा सञ्चार प्रविधि प्रयोगशाला, इ–लर्निङ्ग, शिक्षण सिकाइ केन्द्र तथा विद्यालय व्यवस्थापन प्रणाली स्थापना गरी दक्ष, सीपयुक्त र नैतिकवान् जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइए छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको आदर्श मावि, दैलेखको आठवीस नगरपालिका–४, राकमको जनज्योति मावि, डोल्पाको ठुलोभेरी नगरपालिका–३ को सरस्वती मावि, जुम्लाको कनकासुन्दरी मावि, कालिकोटको नरहरिनाथ गाउँपालिका–१ मा रहेको नन्दादेवी मावि, मुगुको मुगुमकार्मारोङ गाउँपालिका–३ को नेपाल राष्ट्रिय आवासीय मावि र हुम्लाको अदानचुली गाउँपालिका–५ मा रहेको सल्लाघारी मावि छन् ।

यस्तै भूकम्प प्रभावित जिल्ला जाजरकोटको छेडागाड नगरपालिका—१२ मा रहेको नारायणी मावि र शिवालय गाउँपालिका–६ मा रहेको इन्द्रज्योति मावि, सल्यानको कपुरकोट–४ स्थित किमुचौरमा रहेको नेपाल राष्ट्रिय मावि र दार्मा–३ स्थित फारुलाचौरमा रहेको जनज्योति मावि, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–२ स्थित नयाँ बजारको शितल मावि र मुसिकोट–५ स्थित सेरीगाउँको यमुना नन्द मावि नमुना विद्यालय छनोटमा परेका छन् । सबै विद्यालयलाई ७० लाखका दरले बजेट पाउनेछन् ।

ADV

सम्बन्धित खबर