२०८२ वैशाख १७ गते बुधवार / Apr 30 , 2025 , Wednesday
२०८२ वैशाख १७ गते बुधवार
Ads

लुलाङ-गुर्जा सडक: भालु खोरिया खण्डमा ट्रयाक खुल्यो

मध्यान्ह
२०८२ वैशाख १७ गते ०९:२०
लुलाङ-गुर्जा सडक: भालु खोरिया खण्डमा ट्रयाक खुल्यो

म्याग्दी : लुलाङ-गुर्जा सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-१ गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएको छ । थप पाँच किलोमिटर ट्रयाक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिने छ । 

धवलागिरि गाउँपालिका-१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार लुलाङबाट देउराली-लत्रवाङ हुँदै भालु खोरियासम्म १६ किलोमिटर ट्रयाक निर्माण भएको छ । 

लुलाङ–गुर्जा सडकका लागि संघीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले रु. दुई-दुई करोडका बजेट विनियोजन गरेकामा रु तीन करोड ८० लाखमा ठेक्का सम्झौता भएको उनले जानकारी दिए । 

आव २०७९/८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हुँदै चार किलोमिटर ४०० मिटर सडक मार्ग निर्माण भएको थियो ।

ADV

सम्बन्धित खबर