२०८२ वैशाख १७ गते बुधवार / Apr 30 , 2025 , Wednesday
२०८२ वैशाख १७ गते बुधवार
Ads

शिक्षक महासंघसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको छ : शिक्षामन्त्री पन्त

मध्यान्ह
२०८२ वैशाख १७ गते १०:१७
शिक्षक महासंघसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको छ : शिक्षामन्त्री पन्त

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुंगो लगाउन लागिएको पनि उनले मंगलबार रातिको वार्तापछि मन्त्रालयमै सञ्चारकर्मीलाई जानकारी दिएका हुन् ।

वार्तामा शिक्षक पनि सकारात्मक रूपमा प्रस्तुत भएको जनाइएको छ । शिक्षामन्त्री रघुजी पन्त र महासघंका पदाधिकारीबीचको वार्ता मंगलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए ।

साथै महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको जनाइएको छ । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सोमबार भएको वार्ता सकारात्मक रूपमा अघि बढेकामा आज पुनः वार्ता भएको हो ।

शिक्षक संघ संगठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ ।

ADV

सम्बन्धित खबर