काठमाडौंः नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी पक्राउ परेका छन् ।
काठमाडौंस्थित प्रज्ञा भवनमा पार्टी एकता कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका चौधरीलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो ।
२०७२ भदौमा टीकापुर काण्डका प्रमुख आरोपीको रुपमा पक्राउ परेका चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । सोही मुद्दामा कैद भुक्तान हुन बाँकी रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।