२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

किन पक्राउ परे रेशम चौधरी ?

Nada
२०८२ वैशाख १७ गते १३:५४
Shares
किन पक्राउ परे रेशम चौधरी ?

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । पार्टी एकता घोषणा सभास्थल प्रज्ञा प्रतिष्ठान परिसरबाटै पक्राउ परेका हुन् । प्रहरीले उनलाई डिल्लीबजार कारागार लगेको छ ।

ncell

चौधरीलाई अदालतको आदेशअनुसार प्रहरीले पक्राउ गरेको खुलेको छ । २०७२ भदौमा टिकापुर काण्डका प्रमुख आरोपी चौधरीलाई अदालतले जन्मकैदको सजायँ सुनाएको थियो । तर राष्ट्रपतिबाट कैद मिनाहा पाएर उनी २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।

उक्त आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त रिटमा सर्वोच्च अदालतले आममाफीको फैसला उल्टाइदिएपछि चौधरी पक्राउ परेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर