२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

रेशम चौधरी रिहा

Nada
२०८२ वैशाख १७ गते १७:४१
Shares
रेशम चौधरी रिहा

काठमाडौंः नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् । बुधबार काठमाडौंको कमलादीबाट पक्राउ परेका चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले प्रहरीलाई पत्र पठाएसँगै उनी रिहा भएका हुन् । 

ncell

चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमान सिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विष्टले चौधरीलाई पक्राउ गर्न पत्र जारी गरेका थिए । जसमा कुनै न्यायाधीशको आदेश नरहेको र विष्टले योगराज ढकाल (रिगल) को मुद्दाको नजिरलाई आधार बनाएर पत्र लेखेको खुलेपछि उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको आज गरिएको एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रज्ञा भवन परिसरबाट चौधरीलाई आज दिउँसो पक्राउ गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर