२०८३ कार्तिक १६ गते सोमवार / Nov 02 , 2026 , Monday
२०८३ कार्तिक १६ गते सोमवार

लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु

Nada
२०८३ कार्तिक १६ गते १७:३१
Shares
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु

काठमाडौं : ग्राहकहरूको उत्साहजनक माग तथा प्रारम्भिक बुकिङपश्चात् नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु गरेको छ ।

काठमाडौंमा सम्पन्न सफल सडक परीक्षण तथा गाडीको औपचारिक लन्चपछि यो उपलब्धि हासिल भएको हो । पहिलो समूहका ग्राहकहरूले आफ्ना गाडीहरूको डेलिभरी लिइसकेका छन्। योसँगै बी०३ एक्स नेपाली सडकमा गुड्न थालेको छ ।

नेपाली सडकलाई ध्यानमा राखेर निर्माण गरिएको लिपमोटर बी०३ एक्समा यस सेग्मेन्टमै अग्रणी १४५ किलोवाटको मोटर, ५३ किलोवाट९घण्टाको ब्याट्री, १९० मिमीको ग्राउन्ड क्लियरेन्स र ५०५ किलोमिटर (सीएलटीसी)सम्मको ड्राइभिङ रेन्ज रहेको छ । साथै यसमा केवल १६ मिनेटमै (३० देखि ८० प्रतिशत) द्रुत चार्ज हुने फास्ट–चार्जिङ क्षमता छ ।

भित्री क्याबिनतर्फ यसमा १४।६ इन्चको टचस्क्रिन, १२ वटा स्पिकरयुक्त साउन्ड सिस्टम र लेभल २ एडीएएस सुरक्षा प्रविधि समावेश छन् । उत्कृष्ट उपयोगितालाई थप मजबुत बनाउँदै यसमा ५१० लिटर क्षमताको बुट स्पेस रहेको छ। जसलाई सिटहरू फोल्ड गर्दा बढाएर १,६०५ लिटरसम्म पुर्‍याउन सकिन्छ ।

मासेराती, अल्फा रोमियो र प्युजो लगायतका १४ अग्रणी ब्रान्डहरूको स्वामित्व रहेको अटोमोटिभ समूह स्टेलान्टिसुको विश्वव्यापी समर्थन प्राप्त लिपमोटर, चीनको नम्बर १ स्टार्टअप न्यू इनर्जी भेहिकल हो । कम्पनीले विश्वभर १९ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ।

सन् २०२५ को जुलाईदेखि अक्टोबरसम्म लगातार चार महिना मासिक १ लाखभन्दा बढी सवारी साधन बिक्री गर्न पनि कम्पनी सफल भएको छ । लिपमोटरले ४५ भन्दा बढी देशहरूमा फैलिएका दुई हजारभन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको विशाल सञ्जालमार्फत आफ्ना खरिदकर्ताहरूलाई पूर्ण निश्चिन्तता र भरोसा प्रदान गर्दै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर