२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कैलालीमा गहुँ उत्पादन घट्यो

Nada
२०८२ वैशाख १८ गते ११:३३
Shares
कैलालीमा गहुँ उत्पादन घट्यो

कैलाली : गत वर्षको तुलनामा कैलालीमा यस वर्ष दुई हजार दुई सय ९८ मेट्रिक टनले गहुँ उत्पादन घटेको छ ।

ncell

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ३२ हजार आठ सय ४० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकामा एक लाख १० हजार १४ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष त्यति नै क्षेत्रफलमा गहुँ खेती गरिएकामा एक लाख १२ हजार ३१२ मेट्रिक टन उत्पादन भएको थियो । 

गत वर्षको तुलनामा यस वर्ष गहुँको उत्पादकत्व पनि घटेको छ । गत वर्ष गहुँको उत्पादकत्व तीन दशमलव ४२ मेट्रिक टन प्रतिहेक्टर रहेकामा यस वर्ष तीन दशमलव ३५ मेट्रिक टन प्रतिहेक्टर भएको सूचना अधिकारी दुर्गाप्रसाद ओझाले जानकारी दिए ।

“उत्पादनमा केही कमी आएको छ । पानी आवश्यक पर्ने बेलामा वर्षा कम भयो, सबै किसानले उन्नत जातको बीउ प्रयोग नगर्दा उत्पादन घटेको हो”, कार्यालयले उत्पादन वृद्धि गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ उपलब्ध गराउँदै आएको जानकारी दिँदै सूचना अधिकारी ओझाले भने ।

ताजा खबर

सम्बन्धित खबर