२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

कालीगण्डकी कोरिडोर राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र

मध्यान्ह
२०८२ वैशाख १९ गते ०८:५३
कालीगण्डकी कोरिडोर राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र

म्याग्दी : बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र भएको छ । 

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न २०७४ सालमा रु ६६ करोडमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । 

निर्माण कम्पनीका अनुसार राहुपारे–बैसरी–कुनौटा–बेगखोला– कालीओडार– तिप्ल्याङ–महभिर–भिरकाटे–घार बैसरी– रातोपानी–पोखरेबगर–भुरुङ तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र पूरा भएको छ । 

सडकलाई ११ मिटर फराकिलो बनाएर पानीको निकासका निम्ति नाली र पर्खाललगायत संरचना तयार भएपछि कालोपत्र गरिएको हो । चारसय ३५ किलोमिटर लामो कालीगण्डकी करिडोर पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङको कोरला पुग्न दुई लेनको २०२ किलोमिटर सडक आर्थिक वर्ष २०७३/७४ देखि कालोपत्र गर्न सुरु भएको हो ।  हालसम्म यसको भौतिक प्रगति ८५ प्रतिशत भएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर